८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेलाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन: पोखरेल

३० भाद्र २०७४, शुक्रबार ११:२६

भदौ ३०, लहान । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले २ नं प्रदेशमा पनि आफ्नो पार्टीलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ । 

सिरहा धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “काँग्रेस, माओवादी केन्द्रलगायतका दलले जतिसुकै बल गरे पनि एमालेलाई २ नं प्रदेशमा पनि एक नम्बर पार्टी बन्नबाट रोक्न सकिन्न । ” 

महासचिव पोखरेलले पहिलो र दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनमा जस्तै २ नं प्रदेशमा पनि एमालेप्रति जनलहर छाएको छ भन्दै “एमालेलाई मधेशका जनताले माया, ममता गर्दै हुर्काएको हो, त्यसैले पनि एमालेलाई यहाँका जनताले अत्यधिक मत दिएर पहिलो शक्ति बनाउने छन्” भन्नुभयो । 

नेकपा (एमाले)ले तराई मधेशको विकासका लागि गरेका कार्यहरु र तराई मधेशमा ठूला पूर्वाधार निर्माण गरेर औद्योगिकीकरण गरी युवालाई स्वरोजगार गर्न अघि सारेका एजेण्डाकै कारण एमाले पक्षमा तराई मधेशका जनता उत्साहित देखिएको उहाँले बताउनुभयो । 

महासचिव पोखरेलले केही राजनीतिक दलले तराई मधेश र पहाडको बीचमा भावनात्मक दूरी बढाउने कोशिस गरिरहेको आरोप लगाउँदै मधेश र पहाडका जनताबीच बढ्दै गएको दूरीलाई कम गर्न र एकापसमा जोड्न आफ्नो पार्टी अघि बढेको धारणा पनि व्यक्त गर्नुभयो । 

सभामा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितले काँग्रेस, माओवादीको चुनावी एजेण्डालाई पहिलो र दोस्रो चरणमा निर्वाचन भएका प्रदेशका जनताले अस्वीकृत गरिसकेकाले २ नं प्रदेशका जनताले पनि उनीहरुको एजेण्डालाई अस्वीकृत गरी एमालेलाई जिताउने दाबी गर्नुभयो । 

एमालेबाट धनगढीमाई नगरपालिकाको प्रमुख पदका उम्मेदवार शिवशंकर महतो र उपप्रमुखका उम्मेदवार निर्मला पासवानले नगरपालिकाका विभिन्न वडामा देखिएको खानेपानीको समस्या समाधान गर्ने, नगरको समग्र विकासका लागि गुरुयोजना तयार गरी समृद्ध नगरपालिकाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता