८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेकै कारण संविधान संशोधन भएन: प्रधानमन्त्री

३० भाद्र २०७४, शुक्रबार १२:४८

भदौ ३०, कलैया । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको बताउनुभएको छ । 

बाराको सदरमुकाम कलैयामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरिँदै उहाँले ढिलै भए पनि तराई–मधेशका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो । 

नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका देउवाले एमाले पाटी मुलुकमा विखण्डन ल्याउन खोजेको कुरा मधेसका जनता बुझिसकेको बताउँदै मधेशी जनताको अधिकार प्रवद्र्धनका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै मतदातामा आग्रह गर्नुभयो । 

पहाडवादको खोक्रो नारा दिएर मुलुकको विकास हुन सक्दैन्, उहाँले भन्नुभयो – “ एमालेले हिमाल, पहाड र तराईका जनताको सम्मान हुने काम गर्नुपर्दछ ।” सभापति देउवाले काँग्रेस मधेसको भूमिबाट जन्मेको पार्टी भएकाले तराई– मधेसको रक्षा गर्ने दायित्व पनि काँग्रेसकै काँधमा आएको बताउँदै काँग्रेसले अन्तिम समयसम्म मधेसको अधिकारका लागि लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

दुई नम्बर प्रदेशमा नेपाली काँग्रेस पहिलो पार्टी हुने दाबी पनि उहाँले गर्नुभयो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराईको भूमिमा नै रामनारायण मिश्र, शेख इद्रिश, भागवत् यादव, थिरबम मल्ल, रामनारायण मिश्र जस्तो योद्धा जन्मेको र काँग्रेसका लागि निकै ठूलो योग्दान गरेको स्मरण गर्दै तराई–मधेसको विकास र समृद्धिका लागि उहाँहरुले देखेको सपना काँग्रेसले पूरा गराएरै छाड्ने प्रतिबद्धता गर्नुभयो । 

स्थानीय तहको निर्वाचनपछि संविधान कार्यन्वयनमा टेवा पुग्ने तथा प्रदेश र संसदको चुनावपछि मधेसमा विकासको क्रान्ति ल्याउने बताउँदै उहाँले अगामी प्रदेश र संसदको चुनावमा काँग्रेसलाई दुई तिहाइ मतबाट विजयी गराउन सबैलाई आग्रह गर्नुभयो । 

पार्टी सभापति जयचन्द्र चौरसियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा काँग्रेसका नेता एंव पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य डा प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश रिजाल, सीताराम मेहता, सांसद लालबाबु सिंह, मधुशाही, रामअयोधयाप्रसाद यादवलगायतका नेताले काँग्रेसको पक्षमा मतदान गर्न सबै मतदातालाई आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता