८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुलो व्यवस्थापन गरी वातावरण संरक्षण गर्न स्थानीय तहलार्इ परिपत्र

३० भाद्र २०७४, शुक्रबार १२:५५

भदौ ३०, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई धुलो व्यवस्थापनलगायत वातावरणीय संरक्षणमा काम गर्न परिपत्र जारी गरेको छ ।

मन्त्रालयले आज महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रण गर्नका लागि अन्य उपायसम्बन्धी दशबुँदे परिपत्र जारी गर्दै सवारी साधनबाट निस्कने धुवाँ व्यवस्थापन गर्ने काम पनि स्थानीय सरकारमै दिइएको जनाएको छ ।

स्थानीय तहले तत्काल गर्नुपर्ने छव काममा फोहरमैला व्यवस्थापन पनि अब गाउँपालिका/नगरपालिकाबाटै गर्नुपर्ने परिपत्रमा उल्लेख गरिएको छ ।

वातावरणीय प्रदूषणबाट हुने असर न्यून गर्न जनचेतना फैलाउने, वातावरण प्रदूषणबाट स्वास्थ्यमा क्षति पुग्ने व्यक्तिको निःशुल्क उपचारको व्यवस्था गर्ने, शहरी क्षेत्रका प्रत्येक घरमा न्यूनतम मापदण्ड तोकी वृक्षरोपण गर्न उत्प्रेरित गर्ने र सडक किनारमा भएका सरकारी स्वामित्वका भवन तथा खाली जग्गामा समेत अनिवार्य वृक्षरोपण गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए ।

यसैगरी स्थानीय तहले दीर्घकालीन रुपमा शहरभित्र आउने निजी सवारी साधनबाट थप शुल्क लिने, सामूहिक परिवहनको व्यवस्था गर्ने र यसलाई भरपर्दो, व्यवस्थित, नियमित एवं सुविधायुक्त बनाई निजी सवारी निरुत्साहत गर्ने, वैकल्पिक इन्धन र विद्युत्बाट चल्ने सवारी साधनको प्रयोग गराउन प्रेरित गर्ने र शहरी क्षेत्रमा इन्धनरहित सवारी साधन प्रयोग गर्न साइकमैत्री सडक निर्माण गर्न परिपत्र गरिएको हो ।

सर्वोच्च अदालतमा अधिवक्ता अमिता गौतम पौडेलले दायर गरेको रिट निवेदनमा विसं २०७४ वैशाख २१ गते फैसला गर्दै यस्तो आदेश जारी भएकाले कार्यान्वयन गर्न परिपत्र गरिएको मन्त्रालयले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता