भदौ ३०, रोल्पा । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’को अपहरणको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ३०, रोल्पा । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’को अपहरणको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ । 

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थवाङ गाउँपालिका अध्यक्ष अपहरणको जिम्मा नेकपाले लियो

२०७४, ३० भाद्र शुक्रबार १३:१६


भदौ ३०, रोल्पा । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’को अपहरणको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ । 

थबाङको स्थानीय जनसत्तालाई चुनौति दिन र क्रान्तिकारी जनतालाई हतोत्साहित बनाउन प्रचण्ड थबाङ आउन लागेको निकै गम्भीर कुरा भन्दै जिल्ला जनपरिषद् रोल्पाका संयोजक लालबहादुर वलीद्धारा जारी विज्ञप्तिमा अध्यक्ष घर्तीलाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ । 

साथै आवश्यक सोधपुछ पछि घर्तीलाई जनताकै बीचमा मुक्त गरिने पनि विज्ञप्तिमा जनाइएको छ । बिहीबार राति ससुराली घरमा सुतिरहेको बेला थवाङ गाउँपालिका प्रमुख घर्तीलाई नेकपा कार्यकर्ताले नियन्त्रणमा लिएका थिए । 

शनिबार आयोजित थवाङ गाउँसभा कार्यक्रम उदघाटनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई आफूहरुको अनुमतिविना किन बोलाएको भन्दै नेकपाले सोधपुछ गर्न नियन्त्रणमा लिएको बताइएको छ ।

अहिले जिल्लाका प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान टोलीले उनको खोजी कार्य जारी राखेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने