२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कामबाट लाग्ने रोगलाई कानुनी मान्यता, श्रम मन्त्रालयद्वारा रोग सूची सार्वजनिक( श्रमिकलाई राहत )

२८ श्रावण २०८२, मंगलवार १६:०१

काठमाडौँ | सरकारले पहिलो पटक कामको सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार यी रोगहरूको सूची राजपत्रमा प्रकाशित गरेको हो ।

यो निर्णयले कार्यस्थलको धुलो, रसायन, कोलाहल वा कामको प्रकृतिका कारण श्रमिकमा देखिने स्वास्थ्य समस्यालाई व्यक्तिगत समस्याको रूपमा नभई कानुनी रूपमा सम्बोधन गरेको छ । यसले लाखौं श्रमिकको स्वास्थ्य अधिकार सुरक्षित गर्न र रोजगारदातालाई आफ्नो कार्यस्थल सुरक्षित बनाउन थप जिम्मेवार बनाउनेछ ।

 

सरकारले मान्यता दिएका व्यवसायजन्य रोगहरूलाई विभिन्न आठ श्रेणीमा विभाजन गरिएको छ । कार्य गतिविधिहरूबाट उत्पन्न हुने एजेन्टहरूको सम्पर्कको कारण हुने व्यवसायजन्य रोगहरूमा रासायनिक एजेन्टहरूको कारण हुने रोगहरू, भौतिक एजेन्टहरूको कारण हुने रोगहरू, जैविक एजेन्टका कारण हुने संङ्क्राकम वा परजीवी रोगहरू रहेका छन् ।

जसमा क्रोमियम, लिड (सिसा), पारा (मर्करी), बेन्जिन, श्वासप्रश्वासमा अवरोध गर्ने ग्यास, सल्फर अक्साइड, जिंक, अर्गानिक सोल्भेन्ट्स, क्लोरीन र अन्य फार्मास्युटिकल एजेन्टहरूबाट हुने रोगहरू रहेका छन् ।

 

त्यस्तै भौतिक कारणले हुने रोगहरूमा श्रवण शक्ति ह्रास, विकिरणको असर, अत्यधिक तापक्रममा काम गर्दा हुने स्वास्थ्य समस्या रहेका छन् ।

जैविक तत्वबाट हुने संक्रामक रोगमा हेपाटाइटिस बी, सी र एचआईभी, ब्रुसेलोसिस र एन्थ्रेक्स, टिटानस, क्षयरोग र लेप्टोस्पाइरोसिस जस्ता खिया लागेका औजार प्रयोग हुने, जुनसुकै कार्यस्थल र पशुको मूत्रबाट सर्न सक्ने रोगहरू रहेका छन् ।

 

श्वासप्रश्वास प्रणालीका रोगहरूमा निमोकोनियोसिस, साइडरोसिस, ब्यागासोसिस, दीर्घकालीन अवरोधक पल्मोनरी रोग रहेका छन् ।

त्यस्तै छाला र हाडजोर्नीका रोगहरूमा छालाका रोगहरू रसायन वा अन्य वस्तुको सम्पर्कले हुने एलर्जी र डर्माटाइटिस रहेका छन भने हाडजोर्नी रोगमा कार्पल टनेल सिन्ड्रोम, टेनोसिनोभाइटिस र बर्साइटिस, मेनिस्कस लिजन्स रहेका छन् ।

त्यस्तै मानसिक तथा व्यवहारिक रोगमा आघातपछिको तनाव रोग (मानसिक समस्या) रहेका छन् । जुन कामको सिलसिलामा दुर्घटना वा हिंसा जस्ता भयानक घटना भोगेका श्रमिकमा देखिने मानसिक समस्या हुन् ।

त्यस्तै व्यवसायजन्य क्यान्सरमा एस्बेस्टोस, क्रोमियम, कोइला टार्स, कोइला टार पिचहरू वा सुट्स, बेन्जिन, आयोनिक विकिरण, टार, पिच, बिटुमेन, खनिज, तेल काठको धुलो, आर्सेनिक र यसका कम्पाउन्डहरू, क्याडमियम, र हेपाटाइटिस बी–सी भाइरस जस्ता तत्वहरूको सम्पर्कमा आउने कामहरूलाई क्यान्सरको जोखिमयुक्त मानिएको छ ।

श्रम ऐन २०७४ को परिच्छेद १२ मा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी व्यवस्था रहेको छ । जसमा कुनै व्यवसायजन्य रोग लागेमा प्रतिष्ठानले त्यस्तो रोगको उपचारका लागि तोकिए बमोजिमको उपचार खर्च तथा त्यस्तो रोगको उपचार हुन नसक्ने भएमा तोकिए बमोजिमको क्षतिपूर्ति रकम श्रमिकलाई दिनु पर्नेछ |

हेर्नुहोस् सरकारले राजपत्रमा प्रकाशित गरेको रोगहरूको सूची :

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला