२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा एमालेले खेताला मान्छे पार्टी प्रवेश गराएको काङ्ग्रेसको आरोप

२०७४, ३१ भाद्र शनिबार १३:४२

श्याम थापा/भदौ ३१, नवलपरासी । नेपाल कम्नुयिस्ट पार्टी एमाले सुस्ता गाउँपालिकाले खेतालामा मान्छेहरु लिएर पार्टी प्रवेश गराएको नेपाली कांग्रेसले आरोप लगाएको छ । 

नेकापा एमाले सुस्ता गाउँपालिकाको आयोजनामा भएको बिस्तारित भेला एवम् पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका कार्यकर्ताहरुले यस्तो कार्य गरेको नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले आरोप लगाएका छन । 

मान्छेहरुलाई विभिन्न बहाना र प्रलोभनहरु देखाई पार्टी प्रवेश कार्यक्रममा आफुलाई नेकपा एमालेको कार्यकर्ताले लगेको कार्यक्रमका सहभागी दिल माया थापाले बताइन् ।

त्यस्तै गरि दिनभरिको ज्याला दिने प्रलोभन देखाइ आफुलाई पार्टी प्रवेश कार्यक्रममा लगेको सुस्ता गाउँपालिका वार्ड न ५ बस्ने श्रीमती मुसहरले बताइन् । विभिन्न पार्टीबाट परित्याग गरेर नेकपा एमाले पार्टीमा प्रवेशकोमा नेकपा एमालेका कार्यकर्ताहरु खुशी साथै आफुहरु सुस्ता गाउँ पालिकामा बलियो भएको दाबी पनि गरिरहेका छन । 

पार्टी प्रवेश कार्यक्रममा मानिसहरूको नाम लिस्ट हेर्दा कुनै पार्टीको सक्रिय कार्यकर्ताहरु नभै साधरण भोटर अर्थात मतदाताहरु मात्र प्रवेश भएको नेपाली कांग्रेसले जनाएको छ । 

बिस्तारीत एवम् पार्टी प्रवेश कार्यक्रममा करिब ८० जना पार्टी प्रवेश गरेका छन भने सो कार्यक्रममा नेकपा एमाले नवलपरासीका जिल्ला सचिवालय सदस्य टेक नारायण उपाध्यायको अध्यक्षयतामा र क्षेत्र न ४ का माननीय सांसद बैजनाथ चौधरीको प्रमुखतिथ्यतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने