१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अर्थमन्त्री पौडेलले एमाले र कांग्रेसको गठबन्धन सरकार २०८४ को आम निर्वाचन सम्म पुग्ने बताए

१ भाद्र २०८२, आईतवार १३:३७

काठमाडौँ | उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमाले र कांग्रेसको गठबन्धन सरकार २०८४ को आम निर्वाचन सम्म पुग्ने बताएका छन्। पाल्पामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडलले देश विकास, स्थिरता र समृद्धिको तर्फ देशलाई अगाडि बढाउन गठबन्धन सरकार २०८४ को आम निर्वाचन सम्म पुग्ने बताएका हुन्। उपप्रधानमन्त्री पौडेलले प्रतिनिधि सभामा प्रतिनिधित्वको अंकगणित अनुसार वर्तमान समीकरण नै स्थिरताको प्रत्याभूति दिलाउन सक्ने सरकार भएको बताए। कसैले चाहेर, रोई कराई गरेर, नानाथरी बोलेर यो सरकार ढल्ने कुनै वातावरण र अवस्था नरहेको पौडेलले दाबी गरे।

अर्थमन्त्री पौडलले देश विकासको बाधकको रुपमा तीनवटा प्रमुख अस्थिरताहरू देखापरे पनि तिनीहरू किनारा लागेको बताए। प्रतिगामी तत्व राजावादीहरु, राजनीतिमा देखापरेको एजेण्डाविहिन खहरेखोला प्रवृत्ति र सत्ता प्राप्तिका लागि प्रमुख प्रतिपक्षीको चलखेल जस्ता प्रवृत्ति समाप्त भएको बताए। उनले जनतालाई भ्रमित पार्ने र वर्तमान व्यवस्थाको विरोध गर्नेहरुको कुनै भविष्य नभएको दाबी गरे। अंग्रेजलाई युद्धमा हराएको खुसियालीमा मनाइने रणउजेश्वरी भगवतीको रथयात्रामा सहभागी हुन उप प्रधान तथा अर्थमन्त्री पौडेल पाल्पा पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव