असोज १, धनुषा । धनुषाको नगराइन नगरपालिकामा एमाले र कांग्रेस कार्यकर्तावीच झडप भएको छ । एमालेले नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार परमेश्वर यादवको घरमा आक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १, धनुषा । धनुषाको नगराइन नगरपालिकामा एमाले र कांग्रेस कार्यकर्तावीच झडप भएको छ । एमालेले नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार परमेश्वर यादवको घरमा आक"/>

२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनुषामा कांग्रेस र एमाले कार्यकर्तावीच झडप

२०७४, १ आश्विन आईतवार ०८:४३


असोज १, धनुषा । धनुषाको नगराइन नगरपालिकामा एमाले र कांग्रेस कार्यकर्तावीच झडप भएको छ । एमालेले नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार परमेश्वर यादवको घरमा आक्रमण गरेपछि उक्त झडप भएको बताइएको छ । नगरपालिकाको अकौरास्थित यादवको घरमा गएराति करिब १२ बजे एमालेले आक्रमण गरेको थियो ।

एमालेका कार्यकर्ताहरुले मदिरा सेवन गरि घरको मूलढोका तोडफोड समेत गरेर ढुंगामुढा गरेको बताइएको छ ।

स्थानीय तह निर्वाचनमा पराजय हुने डरले एमाले कार्यकर्ताहरुले रातीको मौका छोपी ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको बताउँदै आक्रमणकारीहरुले घर परिसर भित्र रहेको मोटरसाइकल र कुर्सीहरु समेत तोडफोड गरेको उम्मेदवार यादवले बताए ।

यादवका अनुसार अरविन्द पासवान, धर्मेन्द्र पासवान, वीरेन्द्र राउत, दिनेश राउत, कञ्चन राउत, मुकेश राउत लगायतका एमाले कार्यकर्ताहरुले आक्रमण गरेका हुन् ।

घरमा आक्रमण गर्न पुगेका उनीहरुले ढंगामुढा गरेपछि ढुंगा उछिटिएर उनीहरुका केही व्यक्ति समेत घाइते भएको उम्मेदवार यादवले बताएका छन् । एमाले कार्यकर्ताहरुले काँग्रेस समर्थक राजेन्द्र यादवको घरमा समेत ढुंगामुढा गरेको आरोप कांग्रेसको छ । घरमा पार्किङ गरेर राखिएको एक मोटरसाइकलमा तोडफोड गरेको उम्मेदवार यादवले बताए । 

एमाले कार्यकर्ताले गरेको आक्रमणमा परी स्थानीय देवेन्द्र यादव, विनोद यादव, रामगुलाम यादव, पुकारी देवी यादव, राजन यादव, लगायतका व्यक्तिहरु घाइते भएका छन् । 

यता उक्त घटनाबारे एमालेले भने कांग्रेस कार्यकर्ताले प्रहरीकै संरक्षणमा एमालेका कार्यकर्तालाई घर घरमा पसेर आक्रमण गरेको आरोप लगाएको छ । एमालेका जिल्ला नेता शीतल साहले एमालेलाई मतदानको दिनसम्म घर बाहिर निस्कन नदिने भन्दै टोलटोलमा आतंक मच्चाइएको बताए । एमालेले केही व्यक्तिलाई गए रातिदेखि बेपत्ता पारिएको आरोप लगाएको छ । यस बिषयमा प्रहरीले अनिउसंधान गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने