८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पा थवाङ गाउँपालिका अध्यक्षलाई यस्ता तीन सर्त राखेर छाडियो

१ आश्विन २०७४, आईतवार ११:३९

असोज १, काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरलार्इ अपहरण गरेको करिब ४० घण्टापछि मुक्त गरिएको छ ।

थवाङ गाउँपालिकाको गाउँसभा रोक्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले घर्तीलाई विहीबार राति ससुराली गाउँबाट अहपरण गरी लगेका थिए ।

थबाङको गाउँसभामा प्रचण्ड पनि आउने थाहा पाएपछि विप्लवकका कार्यकर्ताले घर्तीलाई अपहरण गरी लगेका थिए । वीरबहादुरको अपहरण भए पनि प्रचण्ड शनिबार हेलिकोप्टरमा थबाङ पुगेर राजधानी फर्किसकेका छन ।

शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ प्रमुख अतिथि बनाएर गाउँपालिका उपाध्यक्षको अध्यक्षतामा गाउँसभा सकिएपछि घर्ती सकुशल मुक्त भएका हुन् ।

शनिवार साँझ ७ बजेको समयमा स्थानीय पत्रकारको रोहबरमा थवाङ र सदरमुका लिवाङको सिमाना भनभने भन्ने स्थानाबट घर्ती मुक्त भएका हुन् । घर्तीलाई स्थानीय पत्रकारको जिम्मा लगाएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

घर्ती अपहरणको जिम्मेवारी नेकपाले लिएको थियो । विप्लवका कार्यकर्ताहरूले घटनाको जिम्मेवारी लिँदै आफ्नो अनुमतिबिना गाउँसभा गर्न लागेकाले अपहरण गरिएको जनाएका छन् । 

उनलाई अपहरण मुक्त गरेपछि एक विज्ञाप्ति मार्फत जिल्ला जन परिषद रोल्पाका संयोजक लाल बहादुर वलीले भनेका छन् – 'देशम यति बेला नेपाली जनताको जनसत्ता र दलाल संसदिय ब्यबस्थाले नेपालीजनता बिरुद्ध जबरजस्ती थुपारीएको दलाल सत्ता बिच संघर्ष चलिरहेको छ । यसै सन्दर्भमा नेपाली जनता र शहिदहरुलाई समेत घात प्रतिघात गदै प्रचण्ड स्वयमबाट थबाङको स्थानिय सत्तालाई चुनौति दिन थवाङ गाउँपालीकाको कथित गाउँसभा उदघटन गर्न जानु निकै गम्भीर कुरो हो । क्रान्तिकारी जनतालाई अपमानित गदै जबरजस्ती संसदिय ब्यबस्था थुपार्नुले स्थानिय जनताले थवाङ गाउपालीका अध्यक्ष श्री बिर बहादुर घर्तिलाई सोधपुछको लागी आपनो नियण्त्रणम लिएका थिए । अध्यक्ष बिर बहादुर घर्तिलाई आबश्यक सोधपुछ र कोही सर्त सहितस्थानीय जनता,पत्रकार काँसिराम डाँगी र खिम बहादुर बुढाको रोबरमा छोडिएको छ ।' 

साथै अपहरण मुक्त गरिएपछी  जिल्ला जन परिषद रोल्पाले गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरलाइ निम्न सर्तहरु राखेर छाडेको जनाएको छ । 

१) जनताको अनुमति बिना कुनै काम नगर्ने ।

२) क्रान्तिकारी शक्ति बिरुद्ध झुट्टामुद्धा नथुपार्ने ।

३) थवाङका जनताको अपमान हुने प्रकारका सभा नराख्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता