८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ मा मतदान सुरु, ३७ हजार २ सय ३६ उम्मेदवार मैदानमा

२ आश्विन २०७४, सोमबार ०१:५४

असोज २, काठमाडौं । आज प्रदेश नम्बर २ मा निर्वाचन जारी छ । प्रदेश २ का ८ जिल्लामा तेस्रो चरणको स्थानीय तह चुनाव सुरु भएको हो ।

निर्वाचन आयोगले निर्वाचन हुने स्थानीय तहहरुमा सुरक्षाको पनि भरपर्दो प्रवन्ध मिलाइएको जनाएको छ । प्रदेश नम्बर २ मा मात्र ६६ हजार सुरक्षाकर्मी खटाइएको छ  । त्यस्तै २ दिन अघिदेखि नै सीमा क्षेत्र नेपाल-भारत सीमानाका बन्द गरिएको छ । त्यस्तै कुनै पनि सुरक्षा चुनौती आउँ सक्ने भन्दै पूर्वक्षेत्रमा नेपाली सेनाका दुईवटा हेलिकोप्टर पनि स्ट्याण्डबाई राखिएको छ ।

(तश्विर: दिपेश क्षत्री)

प्रदेश २ को निर्वाचनमा ८ जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भइसकेको अवस्था छ भने आठ जिल्लाका १३६ स्थानीय तहमा ६ गुणाभन्दा बढी उम्मेदवारहरु चुनावी मैदानमा छन् । कुल ६ हजार ६२७ पदका लागि ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा रहेको आयोगले जनाएको छ । तीमध्ये महिला उम्मेदवारको संख्या १४ हजार ३३७ र पुरुष उम्मेदवारको संख्या २२ हजार ८६१ छ ।

नगरप्रमुख तथा अध्यक्षमा पुरुष एक हजार ७०९ र महिला ६१ जनाको मात्रै उम्मेदवार रहेका छन् । नगरउपप्रमुख र उपाध्यक्षमा १९७ जना पुरुष र ९१९ जना महिला उम्मेदवार छन् । यस्तै वडाध्यक्षमा ८ हजार ५२ जना पुरुष र २२३ जना महिला उम्मेदवारहरू छन् ।

निर्वाचन सम्पन्न गराउन दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरिएको छ ।

त्यस्तै आयोगका अनुसार आज ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणमा खटिएका छन् । 

तश्विर: एमके तामङ 

तश्विर: कृति सुवेदी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता