२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दसैँपछि महाधिवेशनको मिति टुङ्गो लाग्छ : गगनकुमार थापा

२०८२, १२ भाद्र बिहीबार १४:५७

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दसैँपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनको मिति टुङ्गो लगाउने बताएका छन् । सर्लाहीमा आयोजना हुने पार्टीको कार्यक्रममा सहभागी हुन बिहीबार जनकपुरधाम आएका महामन्त्री थापाले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पार्टीको विधान अनुसार ०८३ मंसिरभित्रै १५ औँ महाधिवेशन हुने दाबी गरे ।

उनले मुलुकलाई लोकतन्त्र, सुशासन र विकासको मार्गमा अघि बढाउन पार्टीले दृढ भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । पार्टीलाई अझ सुदृढ बनाउन संगठन विस्तारमा जोड दिइने र जनताको समस्यालाई प्राथमिकताका साथ समाधान गर्न पहल गरिने उनको भनाइ थियो । महामन्त्री थापाले पार्टीभित्र देखिएका आन्तरिक चुनौतीलाई सहमति र संवादमार्फत समाधान गर्दै अघि बढ्ने स्पष्ट पारे । ‘कसले के भन्यो भन्नेभन्दा पनि विधानअनुसार अघि बढ्नै पर्छ,’ उनले भने ।

उनले वर्तमान सरकार दुईभन्दा बढी दलको सहमतिमा बनेको हुँदा सहयात्री सबै दललाई समेटेर अघि बढ्न जरुरी रहेको जिकिर गरे । उनले तत्काल सरकार परिवर्तन नहुनेसमेत प्रस्ट पारे । आफू अहिले चौधौँ महाधिवेशनले दिएको जिम्मेवारी पूरा गर्ने भूमिकामा रहेको जिकिर गर्दै महामन्त्री थापाले पन्ध्रौँ महाधिवेशनमा नेतृत्वका लागि दाबी गर्ने या नगर्ने भन्नेतिर अहिले नै विचार नगरेको बताए । उनले नयाँ क्रियाशील सदस्यता वितरण र पार्टी विधान संशोधनको कामसमेत आगामी महाधिवेशनअन्तर्गत नै हुने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ