१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दसैँपछि महाधिवेशनको मिति टुङ्गो लाग्छ : गगनकुमार थापा

१२ भाद्र २०८२, बिहीबार १४:५७

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दसैँपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनको मिति टुङ्गो लगाउने बताएका छन् । सर्लाहीमा आयोजना हुने पार्टीको कार्यक्रममा सहभागी हुन बिहीबार जनकपुरधाम आएका महामन्त्री थापाले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पार्टीको विधान अनुसार ०८३ मंसिरभित्रै १५ औँ महाधिवेशन हुने दाबी गरे ।

उनले मुलुकलाई लोकतन्त्र, सुशासन र विकासको मार्गमा अघि बढाउन पार्टीले दृढ भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । पार्टीलाई अझ सुदृढ बनाउन संगठन विस्तारमा जोड दिइने र जनताको समस्यालाई प्राथमिकताका साथ समाधान गर्न पहल गरिने उनको भनाइ थियो । महामन्त्री थापाले पार्टीभित्र देखिएका आन्तरिक चुनौतीलाई सहमति र संवादमार्फत समाधान गर्दै अघि बढ्ने स्पष्ट पारे । ‘कसले के भन्यो भन्नेभन्दा पनि विधानअनुसार अघि बढ्नै पर्छ,’ उनले भने ।

उनले वर्तमान सरकार दुईभन्दा बढी दलको सहमतिमा बनेको हुँदा सहयात्री सबै दललाई समेटेर अघि बढ्न जरुरी रहेको जिकिर गरे । उनले तत्काल सरकार परिवर्तन नहुनेसमेत प्रस्ट पारे । आफू अहिले चौधौँ महाधिवेशनले दिएको जिम्मेवारी पूरा गर्ने भूमिकामा रहेको जिकिर गर्दै महामन्त्री थापाले पन्ध्रौँ महाधिवेशनमा नेतृत्वका लागि दाबी गर्ने या नगर्ने भन्नेतिर अहिले नै विचार नगरेको बताए । उनले नयाँ क्रियाशील सदस्यता वितरण र पार्टी विधान संशोधनको कामसमेत आगामी महाधिवेशनअन्तर्गत नै हुने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव