१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उखु किसानको बक्यौता तत्काल उपलब्ध गराउन सांसदले गराए सरकारको ध्यानाकर्षण

१३ भाद्र २०८२, शुक्रबार १४:३८

काठमाडौँ | सांसदहरूले उखु किसानको मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसको प्रतिनिधिसभा बैठकमा उनीहरूले सरकार गम्भीर नहुँदा उखु किसान पटकपटक आन्दोलनमा उत्रिनुपरेको भन्दै उनीहरूको मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा कांग्रेस सांसद एनपी साउदले नेपाल कृषिप्रधान देश भएपनि उखु किसान अन्यायमा परिरहेको बताए । उनले सरकारबाट प्राप्त हुने अनुदान र बक्तौता नपाउँदा किसान फेरि माइतिघरमा आन्दोलन गर्न बाध्य भएकाले छिटो भन्दा छिटो उनीहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए। उनले २०६६ सालदेखि पटक–पटक आन्दोलन गर्दै आइरहेका उखु किसानहरू हरेक पटक आन्दोलनमा सरकारबाट समस्या समाधानको आश्वासन पाएपनि समस्या भने अझै समाधान नभएको उल्लेख गरे । सांसद साउदले राष्ट्रिय हित अनुकूल हुने गरी चिनीको आपूर्ति सन्तुलनका लागि सरकारले आवश्यक नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको बताए।

त्यस्तै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले विगतको बक्यौता पनि नपाउने र यस वर्ष अनुदान पनि घटाउने सरकारको निर्णयले उखुकिसान समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उखु किसानले पाउनुपर्ने गत वर्षकै एक अर्ब ५० करोड भन्दा बढी रकम सरकारले भुक्तानी नगरेको उनले बताए । उनले उखुकिसानको माग सम्बोधन गर्न माग गरे। त्यस्तै एमाले सांसद अच्युत प्रसाद मैनालीले उखुकिसानलाई उपलब्ध गराउँदै आएको अनुदान उपलब्ध गराउन र किसानका माग दिर्घकालीन समाधान हुने गरि वार्ता गर्न माग गरे। गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौँ केन्द्रीत आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव