२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उखु किसानको बक्यौता तत्काल उपलब्ध गराउन सांसदले गराए सरकारको ध्यानाकर्षण

२०८२, १३ भाद्र शुक्रबार १४:३८

काठमाडौँ | सांसदहरूले उखु किसानको मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसको प्रतिनिधिसभा बैठकमा उनीहरूले सरकार गम्भीर नहुँदा उखु किसान पटकपटक आन्दोलनमा उत्रिनुपरेको भन्दै उनीहरूको मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा कांग्रेस सांसद एनपी साउदले नेपाल कृषिप्रधान देश भएपनि उखु किसान अन्यायमा परिरहेको बताए । उनले सरकारबाट प्राप्त हुने अनुदान र बक्तौता नपाउँदा किसान फेरि माइतिघरमा आन्दोलन गर्न बाध्य भएकाले छिटो भन्दा छिटो उनीहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए। उनले २०६६ सालदेखि पटक–पटक आन्दोलन गर्दै आइरहेका उखु किसानहरू हरेक पटक आन्दोलनमा सरकारबाट समस्या समाधानको आश्वासन पाएपनि समस्या भने अझै समाधान नभएको उल्लेख गरे । सांसद साउदले राष्ट्रिय हित अनुकूल हुने गरी चिनीको आपूर्ति सन्तुलनका लागि सरकारले आवश्यक नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको बताए।

त्यस्तै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले विगतको बक्यौता पनि नपाउने र यस वर्ष अनुदान पनि घटाउने सरकारको निर्णयले उखुकिसान समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उखु किसानले पाउनुपर्ने गत वर्षकै एक अर्ब ५० करोड भन्दा बढी रकम सरकारले भुक्तानी नगरेको उनले बताए । उनले उखुकिसानको माग सम्बोधन गर्न माग गरे। त्यस्तै एमाले सांसद अच्युत प्रसाद मैनालीले उखुकिसानलाई उपलब्ध गराउँदै आएको अनुदान उपलब्ध गराउन र किसानका माग दिर्घकालीन समाधान हुने गरि वार्ता गर्न माग गरे। गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौँ केन्द्रीत आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ