२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वीरगन्जको हैजा रोकथाम गर्न सुरक्षा निकायका चिकित्सक र उपकरण परिचालन गरिनेछ : प्रधानमन्त्री

२०८२, १३ भाद्र शुक्रबार १५:१४

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साको वीरगञ्जमा महामारी भएको हैजा रोगको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा नेपाली सेनासहित चारवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेकाले वीरगञ्जमा आउटब्रेक भएको हैजा नियन्त्रणमा आउने विश्वास व्यक्त गरे । उनले महामारीबाट तीन जनाको निधन भएकामा दुःख व्यक्त गर्दै नियन्त्रणका लागि सरकारकोतर्फबाट सक्दो पहल भएको तथा यस रोगको स्रोत के हो भन्नेबारे खोजी भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले हैजाका बिरामीको उपचार गर्न तथा सचेतनाका प्रबन्धहरु गरिएको उल्लेख गर्दै नारायणी अस्पतालमा निःशुल्क उपचार गरिनुका साथै निजी अस्पतालमा समेत उपचार गरिएको सदनलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ