१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेका यी नेताले गरे सिमरामा स्वागत

१४ भाद्र २०८२, शनिबार ११:४९

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली चीनतर्फ उडेकै दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मधेस प्रदेशको यात्रामा निस्किएकी छिन् । उनी मधेसमा उत्रिँदा बाराको सिमरा विमानस्थलमा एमालेका सयौँ नेता–कार्यकर्ताले ५१ केजीको मालासहित स्वागत गरेका छन् । वीरगञ्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जानेक्रममा उनी शनिबार बिहान सिमरा विमानस्थल पुगेकी हुन् । भण्डारीलाई साथ दिन एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने र अरविन्द्र सिंह पनि विमानस्थल पुगे ।

उता, मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, प्रदेशका सचिवालय सदस्य जयप्रकाश थारु, बाराको जितपुर सिमरा उपमहानगरपालिका उपमेयर भोला अधिकारी, जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक शाह, एमाले वीरगञ्ज महानगर कमिटीका अध्यक्ष नवराज शर्मा लगायत स्वागत गर्न विमानस्थल पुगे । भण्डारीले वीरगञ्ज उद्योग वाणिज्य संघले गरेको वृहत महिला सम्मेलन–२०८२ लाई शनिबार सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव