१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

महिलाहरू पनि नेतृत्व गर्न पूर्णरूपमा सक्षम छन् भन्ने अवस्था सिर्जना गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

१४ भाद्र २०८२, शनिबार १५:४१

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला शक्ति परिवारको हिस्सा मात्रै नभएर सम्पूर्ण समाज परिवर्तनको आधार भएको बताएकी छन् । परिवार निर्माणदेखि उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, सामाजिक रुपान्तरणमा महिलाको योगदान सधैं अग्रपंक्तिमा रहेको उनले बताइन् । वीरगञ्ज उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको वृहत् महिला सम्मेलन २०८२ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले महिलाको योगदानलाई अझै अपेक्षित सम्मान प्राप्त नभएको बताइन् ।

‘अब हामीले महिलाहरू पनि नेतृत्व गर्न, उद्यम सञ्चालन गर्न र समाज परिवर्तन गर्न पूर्णरूपमा सक्षम छन् भन्न सक्ने अवस्थाको सिर्जना गर्न सक्नुपर्दछ,’ उनले भनिन् । वीरगञ्ज जस्तो व्यापारिक केन्द्रमा महिलाले उद्योग, व्यापार र उद्यमशीलतामा अग्रणी भूमिका खेल्नु व्यक्तिगत सफलता मात्रै नभएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले प्रशंसा गरेकी थिइन् । त्यहाँको महिलाहरूको सक्रियता सिंगो देशकै अर्थतन्त्रलाई सुदृढ बनाउने यात्रा पनि भएको उनको भनाइ छ ।

महिला उद्यमशीलतालाई सम्मान र प्रोत्साहन गर्नुपर्ने भन्दै भण्डारीले आगामी पुस्तालाई प्रेरणा दिनेगरी अघि बढ्नुपर्नेमा जोड दिइन् । ‘हामीले हाम्रो समाजमा अझै बाँकी रहेका लैंगिक असमानता, पूर्वाग्रह र अवरोधहरूलाई तोड्नुपर्नेछ, यसका लागि महिलाले आफैं आत्मविश्वासी बन्नुपर्छ, समाजलाई सकारात्मक ढंगले चुनौती दिनुपर्छ र परिवर्तनको नेतृत्व लिनुपर्दछ,’ उनले भनिन् । कार्यक्रममा पर्सा, बारामा उद्योग, व्यापार, शिक्षा, सामाजिक कार्यमा सक्रिय रहेका महिलाहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव