२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

महिलाहरू पनि नेतृत्व गर्न पूर्णरूपमा सक्षम छन् भन्ने अवस्था सिर्जना गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

२०८२, १४ भाद्र शनिबार १५:४१

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला शक्ति परिवारको हिस्सा मात्रै नभएर सम्पूर्ण समाज परिवर्तनको आधार भएको बताएकी छन् । परिवार निर्माणदेखि उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, सामाजिक रुपान्तरणमा महिलाको योगदान सधैं अग्रपंक्तिमा रहेको उनले बताइन् । वीरगञ्ज उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको वृहत् महिला सम्मेलन २०८२ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले महिलाको योगदानलाई अझै अपेक्षित सम्मान प्राप्त नभएको बताइन् ।

‘अब हामीले महिलाहरू पनि नेतृत्व गर्न, उद्यम सञ्चालन गर्न र समाज परिवर्तन गर्न पूर्णरूपमा सक्षम छन् भन्न सक्ने अवस्थाको सिर्जना गर्न सक्नुपर्दछ,’ उनले भनिन् । वीरगञ्ज जस्तो व्यापारिक केन्द्रमा महिलाले उद्योग, व्यापार र उद्यमशीलतामा अग्रणी भूमिका खेल्नु व्यक्तिगत सफलता मात्रै नभएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले प्रशंसा गरेकी थिइन् । त्यहाँको महिलाहरूको सक्रियता सिंगो देशकै अर्थतन्त्रलाई सुदृढ बनाउने यात्रा पनि भएको उनको भनाइ छ ।

महिला उद्यमशीलतालाई सम्मान र प्रोत्साहन गर्नुपर्ने भन्दै भण्डारीले आगामी पुस्तालाई प्रेरणा दिनेगरी अघि बढ्नुपर्नेमा जोड दिइन् । ‘हामीले हाम्रो समाजमा अझै बाँकी रहेका लैंगिक असमानता, पूर्वाग्रह र अवरोधहरूलाई तोड्नुपर्नेछ, यसका लागि महिलाले आफैं आत्मविश्वासी बन्नुपर्छ, समाजलाई सकारात्मक ढंगले चुनौती दिनुपर्छ र परिवर्तनको नेतृत्व लिनुपर्दछ,’ उनले भनिन् । कार्यक्रममा पर्सा, बारामा उद्योग, व्यापार, शिक्षा, सामाजिक कार्यमा सक्रिय रहेका महिलाहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ