१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अर्थमन्त्री पाैडेलले मर्चवारकाे विकासकाे लागि एमालेले जिम्मेवारी लिने बताए

१४ भाद्र २०८२, शनिबार १५:५७

काठमाडौँ | नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले मर्चवारकाे विकासकाे लागि एमालेले जिम्मेवारी लिने बताएका छन् । शनिबार असुरैनामा आयाेजित पार्टी प्रवेश कार्यक्रममा उनले देशमा बलियाे पार्टीले नेतृत्व गर्नसक्दैन त्यहाँको विकास नहुने भएकोले एमाले बलियाे बनाउने अभियानमा लाग्न आग्रह गरे ।

‘मर्चवारबाट चुनाव लडेकाहरूकाे पार्टी सरकारकाे नेतृत्व नगरेकाले समस्या भएको हाे, एमाले देशको नेतृत्व गर्ने पार्टी हाे त्यसैले अब यहाँको विकासको जिम्मेवारी लिन्छ’, उनलेे भने, ‘सक्षम नेता भएको पार्टीको साथ लिएर आफ्नो क्षेत्रमा विकास हुन्छ । मर्चवारबाट राजनीति गर्नेहरू अब अरूकाे पछि लागेर हाेइन । बिगतमा धेरै पार्टीमा हिड्नुपरेकाे बाध्यता अब हटेर जानेछ। मर्चवारकाे विकासको लागि एमालेकाे अगुवाइमा गाेलबन्द हुनुपर्छ ।’‘मर्चवार म पन्चायतकालदेखि बसेकाे ठाउँ हाे तर मर्चवारका स्थानीयले पत्याएनन् । मर्चवारमा के चाहिन्छ भन्ने नेताकाे अभाव रहेकाे । अब मर्चवार पछाडि पर्दैन । देशकै उदाहरणीय स्थान बनाउने जिम्मेवारी एमालेकाे काँधमा आयाे । अब मर्चवारमा विभेद हुँदैन’, उनलेे भने ।

एमाले यहाँको विकासका आवश्यकता पहिचान गरेर अघि बढ्ने उनलेे बताउँदै उनलेे सम्मानका साथ नयाँ प्रवेश गरेका साथीहरूलाई उचित जिम्मेवारी दिने प्रतिवद्वता गरे । मर्चवार के चाहन्छ भनेर अर्थमन्त्री पाैडेलले भाषणकै बीचमा स्थानीयले भने उठेर एक स्वरमा खाद चाहिँ, मन्त्रीले जवाफमा भने, ‘तपाईंको समस्या सुनेकाे छु चाहेको भन्दा दाेब्बर उपलब्ध गराउने म प्रतिवद्वता गर्दछु ।’

‘यहाँ चक्रपथ छैन,सडक छैन । याे यहाँको मुख्य समस्या हाे । बेलबास बेथरीसम्म पुगेकाे छ याे सडक अबको प्राथमिकतामा परेर मर्चवारमा जाेडिने छ । यहाँ कुनै अस्पताल छैन । तपाईं ठाउँ खाेज्नुुस स्राेत म खाेज्छु याे प्रतिवद्वता छ अस्पतालकाे लागि । जिल्ला अस्पताल जस्तो सेवासुविधाकाे अस्पताल यहाँ बन्नेछ’, पाैडेलले भने, ‘शिक्षामा टियुकाे आंगिक कलेज स्थापनाकाे पहल हुनेछ । सिंचाइका लागि कालिगण्डकी तिनाउमा ल्याएर संभव हुनेछ, त्याे काम अघि बढेकाे छ । मलकाे समाधान मुख्य जिम्मेवारी लिएर जानेछु ।’उनले एमाले प्रवेेश गरेका नेताहरू धेरै पार्टीको अनुभवी रहेकाे सबै पार्टीको कार्यदिशा हेरेर एमालेमा बस्ने घाेषणा गरेकाेले अब यहाँको समस्या समाधान हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव