२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मोटरसाइकल दुर्घटना भई हराएका दुई जनाको शव फेला

१७ भाद्र २०८२, मंगलवार १३:२७

काठमाडौँ | रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना भई हराएका दुई जनाको शव फेला परेको छ। फेला परेको एक शव रोप रेस्क्यू विधिबाट निकाल्ने काम भइरहेको छ भने अर्को शव सोही खोलामा स्थानीयले देखेको जानकारी प्राप्त भएको छ।

भाद्र १५ गते रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–६ ठाडे बस्ने २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेन्डुप तामाङ एएए–३८१७ नम्बरको मोटरसाइकलमा धुन्चेतर्फ गएका थिए। उनीहरू हालसम्म सम्पर्कमा नआएपछि आफन्तले भाद्र १७ गते बिहान जिल्ला प्रहरी कार्यालय रसुवामा खोजीका लागि निवेदन दिएका थिए। सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार निवेदन प्राप्त भएपछि नेपाली सेना श्रीनाथ गण धुन्चेस्थित चेकपोइन्टमा जडान भएको सीसीटीभी फुटेजमा सोही दिन राति करिब १० बजे धुन्चेबाट ठाडेतर्फ मोटरसाइकलमा गएको देखिएको थियो।

सीसीटीभी फुटेजकै आधारमा उनीहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल नं. २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक मोहबिर नगालको कमान्डमा विपद् व्यवस्थापन तालिमप्राप्त सशस्त्र प्रहरीसहितको संयुक्त टोली भाद्र १७ गते बिहान परिचालित भएको छ। घटनाको प्रकृति हेर्दा मोटरसाइकल सडकबाट करिब २५० मिटर तल खोलामा खसेर दुर्घटना भएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव