२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव माओवादीको अर्को आतंक: भूकम्प आएछ भन्दै कर्मचारीहरु भागाभाग !

२०७४, २ आश्विन सोमबार १२:४४

असोज २, रामेछाप | नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तमाथि मोबिल खन्याएका छन् । 

जनकारबाहीको नाममा जिल्ला विकास समिति रामेछापका अधिकारी दिनेशराज पन्तलाई नेपाल कम्युनिष्ट पार्टी रामेछापद्वारा कालोमोसोको नाममा मोबिल खानाएका हुन् । सोमबार दिउँसो स्थानीय विकास अधिकारी पन्तको कार्यकक्षमा पुगेका एक अपरिचित व्यक्तिले एक्कासी पन्तको टाउकोमा मोबिल खनाएर भागेका थिए । हातमा रजिष्टर बोकेर पन्तको कार्यकक्ष प्रवेश गरेका टि व्यक्तिले बोकेको रजिष्टर अधिकारी पन्तलाई हेर्न दिएर केहि बेर उभिएर बसेका थिए । पन्तले रजिष्टर पल्टाएर अध्ययन गर्न लाग्दै गर्दा टि व्यक्तिले उनि माथि मोबाइल खनाई भागेको पन्तले बताएका छन् । 

मोबिल खनाएपछी आँखामा परेर आँखा पोल्न थालेपछि पन्तले उनलाई समात्न सकेनन् । माथिल्लो तलाबाट सिठी बजाउँदै एकजना भाग्दै गरेको देखेपछी तल्लो तलामा काम गर्दै गरेका कर्मचारीहरुसमेत भूकम्प आएछ भन्दै भागाभाग गरेका थिए । अपराधी भागेपछी मात्र कर्मचारीहरुले घटनाबारे जानकारी पाएका थिए ।

जिल्ला समन्वय समिति रामेछापले सोमबार पत्रकार सम्मेलन गरी घटना निन्दनीय, अपराधिक र कायरतापूर्ण भएको भन्दै घटनाको भत्सना गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने