२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनलाइनमार्फत सरकारी सेवा सुरु

१८ भाद्र २०८२, बुधबार १२:४०

काठमाडौँ | खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत सरकारी सेवा उपलब्ध गराउन सुरु गरेको छ । विभागले नेपालस फूड एण्ड फिड इन्डस्ट्रि लाइसेन्सिंग सिस्टममार्फत खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा सुरु गरेको हो । महानिर्देशक संजीवकुमार कर्णको अध्यक्षतामा मंगलबार विभागमा आयोजित अभिमुखीकरण तथा तालिम कार्यक्रममा काठमाडौँ उपत्यका र काभ्रेपलान्चोकका ७० भन्दा बढी उद्योगी व्यवसायी सहभागी भएका थिए । कार्यक्रममा उद्योगीहरुलाई अनलाइनमार्फत सेवा लिन आवश्यक प्रक्रिया र सुविधाबारे जानकारी दिइएको थियो ।

नयाँ प्रणालीमार्फत आवेदन, कागजात अपलोड, अनुमतिपत्र जारी तथा नवीकरण सबै प्रक्रिया अनलाइनमै हुनेछन् । यसले पेपरलेस र फेसलेस सेवामा योगदान पु¥याउने विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए । उनका अनुसार हाल काठमाडौँ र हेटौंडास्थित कार्यालयमार्फत सेवा सुरु भए पनि निकट भविष्यमा सबै कार्यालयमा विस्तार गरिनेछ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा २६ (ठ) बमोजिम विभागले प्रवाह गर्ने सेवा प्रभावकारी ढङ्गले प्रवाह गर्न आवश्यकता अनुसार विद्युतीय प्रणाली विकास गरी प्रयोगमा ल्याउने व्यवस्था भएकोले सो ऐनको दफा ८ बमोजिम खाद्य उद्योग दर्ताको सिफारिस, दफा ९ बमोजिम खाद्य उद्योगले अनुमतिपत्र तथा दफा १० बमोजिम खाद्य उद्योगको अनुमतिपत्र मान्य अवधि र नवीकरण लगायतको सेवा प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव