२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन : आईजीपी खापुङ

१९ भाद्र २०८२, बिहीबार ११:२९

काठमाडौँ | नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आफ्नो कार्यकालमा सकेको राम्रो गर्ने बताएका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा आईजीपी खापुङले भने, ‘सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन ।’

स्वेच्छाले रोजेर प्रहरी बनेको उल्लेख गर्दै खापुङले भने, ‘मेरा सीमितता प्रति जानकार छु तर, राम्रो गर्ने प्रयास गर्नेछु ।’ तेह्रथुमको गाउँबाट निस्किएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको उल्लेख गर्दै खापुङले सकल दर्जाको हितको खातिर काम गर्ने बताए । अपराध अनुसन्धानमा गहन चुनौती रहेको आईजीपी खापुङले बताए । उनले भने, ‘एआई, साइबर, क्रिप्टो लगायत ट्रान्सनेशल अपराध नियन्त्रण गर्न हाम्रो क्षमता विस्तार गर्नुपर्ने छ ।’

प्रविधि र साधन स्रोतले सम्पन्न प्रहरी बनाउने समय आएको उनले बताए । उनले भने, ‘निर्विकल्प र नि:शर्त सुरक्षा सुनिश्चितता प्रहरीको लक्ष्य हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव