२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गाजापट्टीमा इजरायली आक्रमणमा ६४ प्यालेस्टिनीको ज्यान गयो

१९ भाद्र २०८२, बिहीबार १२:१८

काठमाडौँ | गाजापट्टीमा इजरायली आक्रमणमा कम्तिमा ६४ प्यालेस्टिनीको ज्यान गएको छ । इजरायली सेनाले विस्तारित लडाई शुरू गर्नुअघि गाजा शहरका बासिन्दाहरूलाई त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको थियो । गाजाको दक्षिण पश्चिममा रहेको ताल अल–हवा छिमेकमा रहेको एउटा अपार्टमेन्ट भवनमा इजरायली विमानले बम विष्फोट गर्दा १४ जनाको ज्यान गएको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ । शहरको पूर्वमा रहेको अल–दराजमा रहेको एउटा आवासीय घरमा इजरायली हवाई आक्रमणमा १० जनाको ज्यान गएको छ ।

बसालले उत्तरी गाजा शहरको अल–नासर र शेख रदवान छिमेकमा विस्थापित बासिन्दाहरूलाई आवास गर्ने अपार्टमेन्ट र पालहरूमा आक्रमण गर्दा १० जनाको ज्यान गएको बताउनुभयो । उहाँले गाजापट्टीको उत्तरमा रहेको जबालियामा प्यालेस्टिनी भेलामा बम विष्फोट हुँदा पाँच जनाको र पश्चिमी गाजा शहरको समुद्र तट नजिकै रहेको खाना भण्डारमा आक्रमण हुँदा तीन जनाको ज्यान गएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो