२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

मत परिणाम: दोश्रो खाता पनि माओवादीले नै खोल्यो !

२०७४, ३ आश्विन मंगलवार ०२:०३

असोज ३, जनकपुर | धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर ११ मा माओवादी केन्द्रले बिजयी खाता खोलेको छ । माओवादी केन्द्रका सत्यनारायण कुवँरले १९४ मत ल्याइ प्यानलसहित विजयी भएका हुन् ।

कांग्रेसका वाडाध्यक्ष उम्मेदवार वाडाध्यक्ष विन्देश्वर अमात्यले १२९ र संघीय समाजवादी फोरमका वडाध्यक्ष उम्मेदवार जयकुमार यादवले ९४ मत पाउनुभयो ।

११ नम्बर वडामा ८ सय ३९ मतदाता रहेकोमा ६ सय ६२ मत खसेको थियो । वडा नम्बर ११ को मतगणना सकिँदा माओवादी केन्द्रले मेयरमा १९४ र उपमेयर २०६ , संघीय समाजवादी फोरमले मेयरमा १५८ र उपमयेरमा १२० र नेपाली कांग्रेसले मेयरमा १२० र उपमेयर १२१ मत प्राप्त गरेको छ । 

पहिलो खाता पनि माओवादीले नै खोल्यो 

यस अघि पहिलो खाता पनि माओवादी केन्द्रले नै खोलेको थियो । सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वाड नम्बर १ मा माओवादी केन्द्रका मोहन केसीले प्यानल सहित विजयी भएका हुन् ।  केसीले वडामा ३ सय ४२ मत पाएर बिजयी भएका हुन् । 

कर्जन्हा नगरपालिका साविकको सिरहा क्षेत्र नम्बर पांचमा पर्छ । यो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोश्रो संविधानसभामा विजयी भएका थिए । यो वडामा मेयरमा भने एमालेले चार मतले अग्रता लिएको छ । यो नगरपालिकामा माओवादी र एमालेबीच चर्को प्रतिष्पर्धा हुने देखिएको छ । 

यसै क्रममा अहिलेसम्मको ताजा मत परिणाम अनुसार ४ स्थानमा कांग्रेस, २/२ स्थानमा एमाले र माओवादीले अग्रता लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने