९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहा जिल्लाको ७ स्थानीय तहको मतपरिणाम ! माओवादी सबैभन्दा अगाडी

३ आश्विन २०७४, मंगलवार ०९:५७

असोज ३, सिरहा | सिरहाजिल्लाको पछिल्लो ताजा मतपरिणाम अनुसार ७ स्थानीय तह मध्ये माओवादी केन्द्र ३ स्थानमा र एमाले २ स्थान, कांग्रेस १ र फोरम १ स्थानमा अग्र स्थानमा छन् । 

तल हेर्नुहोस् परिणाम:- 

गोलबजार नगरपालिका 

गोलबजार नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी उम्मेदवार देवनाथ साहले १५२ एमाले ८९ र नेपाली कांग्रेसले ८७ मत ल्याएका छन् । 

मिर्चैया नगरपालिका 

मिर्चैया नगरपालिकामा पनि माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका श्रवणकुमार यादवले ३६१ एमालेका उम्मेदवार १७६ नेपाली कांग्रेसका उम्मेदवारले १०७ मत ल्याएका छन् ।

अर्नमा गाउँपालिका 

अर्नमा गाउँपालिकामा पनि माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका ठकु महतो कोइरीले ३३९ मतका साथ अग्रता लिएका छन् । यस्तै एमालेका उम्मेदवारले २४९ नेपाली कांग्रेसका उम्मेदवारले १८४ मत ल्याएका छन् ।

लहान नगरपालिका 

सिरहाको लहान नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेस मेयर पदका उम्मेदवार अचमित लाल चौधरीले ७२६ मत ल्याउएका छन् भने संघीय समाजवादी फोरमका उम्मेदवारले ६८० मत र नेकपा एमालेका उम्मेदवारले ६४६ मत ल्याउनुभएको छ ।

औरही गाउँपालिका 

औरही गाउँपालिकामा पनि कांग्रेसले अग्रता लिएको छ । यहाँ फोरमले ४४८ मतका साथ अग्रता कायम गरेको छ  । फोरमलाई माओवादी केन्द्रले पछ्याईरहेको छ ।  

विष्णुपुर गाउँपालिका 

विष्णुपुर गाउँपालिकामा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार सत्यनारायण यादवले १७२ मत फोरमका उम्मेदवारको ११४ र राजपाका उम्मेदवारले १०१ मत ल्याएका छन् ।

नरहा गाउँपालिका 

नरहा गाउँपालिकामा पनि एमालेले अग्रता लिएको छ । एमाले अध्यक्षका उम्मेदवार रामशरण यादव २०१ मत, नेपाली कांग्रेसका उम्मेदवारले १७२ र संघीय समाजवादी फोरमका उम्मेदवारले ५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता