२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कृषि उत्पादन वृद्धि गरी स्वरोजगार प्रदान गर्नुपर्छ : मन्त्री गौतम

२०७४, ३ आश्विन मंगलवार १०:२३

असोज ३, चितवन। सिँचाइमन्त्री सञ्जयकुमार गौतमले कृषि उत्पादनलाई वृद्धि गरेर आत्मनिर्भरसँगै स्वरोजगार प्रदान गर्नुपर्ने बताउनुभएको छ । 

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै मन्त्री गौतमले नीतिगत रुपमा राज्य चुकेका कारण कृषिमा आत्मनिर्भर हुननसकेको बताउनुभयो । उहाँले कृषि प्रणालीमा नीतिगत रुपमा सुधार नगरेसम्म सोचेअनुरुपको प्रगति गर्न नसकिने धारणा व्यक्त गर्नुभयो । 

मन्त्री गौतमले कृषिमा आत्मनिर्भर बनाउन प्रविधिको विकास र आधुनिक कृषि प्रणालीको विकास गर्नुपर्ने बताउनुभयो । कृषिलाई आधुनिकिकरण गर्न नसक्दा लाखौं युवा विदेश जान बाध्य भएको उहाँको भनाइ थियो । 

“हामी अझै पनि परम्परागत कृषि प्रणालीमा आधारित छौं,” मन्त्री गौतमले भन्नुभयो– “आत्मनिर्भर बन्न आधुनिक कृषि प्रणालीमा जानुको विकल्प छैन् ।” देशमा कृषि उत्पादनलाई वृद्धि गरेर रोजगारको अवसर सिर्जना गर्नतर्फ सरकारको ध्यान केन्द्रित भएको गौतमले बताउनुभयो । 

स्थानीय तहका संरचना निर्माण र कर्मचारी व्यवस्थापन नभएसम्म तीव्र विकास गर्न नसकिने भन्दै उहाँले राष्ट्रिय गौरवका सिँचाइ योजनालाई विशेष प्रथामिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभयो । रु ५० लाखसम्मको बजेट स्थानीय तहमा गएपछि कतिपय कार्यालयमा दुई महिनायता काम नभएको भन्दै उहाँले छिट्टै यसलाई टुङग्याउन आफू लागिपरेको बताउनुभयो । 

संघीयता कार्यान्वयन गर्दैगर्दा कर्मचारी व्यवस्थापन चुनौतिपूर्ण रहेको भन्दै उहाँले स्थानीय निकायलाई अधिकार सम्पन्न बनाएर संघीयता कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने