प्रज्वल पाैडेल/असाेज ३, काठमाडौं । रक्षामन्त्री भिमसेनदास प्रधानले संविधान कार्यान्वयन गर्नु सरकारकाे प्रमुख दायित्व भएकाे बताउनुभएको छ ।

उहाँले द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/असाेज ३, काठमाडौं । रक्षामन्त्री भिमसेनदास प्रधानले संविधान कार्यान्वयन गर्नु सरकारकाे प्रमुख दायित्व भएकाे बताउनुभएको छ ।

उहाँले द"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान कार्यान्वयन गर्नु सरकारकाे प्रमुख दायित्व: रक्षामन्त्री

३ आश्विन २०७४, मंगलवार १५:२५


प्रज्वल पाैडेल/असाेज ३, काठमाडौं ।

रक्षामन्त्री भिमसेनदास प्रधानले संविधान कार्यान्वयन गर्नु सरकारकाे प्रमुख दायित्व भएकाे बताउनुभएको छ ।

उहाँले देशलाई समृद्धिकाे दिशामा लैजानका लागी स्थानीय तहकाे निर्वाचन सम्पन्न हुनु महत्त्वपूर्ण विषय भएकाे बताउनुभयो ।
सरकार र जनता एक अर्काेकाे परिपुरक भएकाे बताउदै रक्षामन्त्री प्रधानले भन्नुभयाे- "जनताकाे समस्या समाधानका लागि सरकार सदैव तयार छ ।"




मंगलबार राजधानीमा अायाेजित फास्टफुड एसाेसियसन नेपालकाे तेह्राैँ बार्षिक साधारणसभाकाे उद्घाटन गर्दै उहाँले स्वदेशमा राेजगारी सिर्जनामा व्यवसायीले महत्त्वपूर्ण भुमिका खेलेकाे बताउनुभयाे । अार्थिक समृद्धिकाे लागि फास्टफुडले सहयाेग गरेकाे बताउदै काङ्ग्रेस नेता समेत रहेका प्रधानले विदेशमा गएर कामकाे सम्मान हुन नसक्ने भएकाले युवालाई स्वदेशमा व्यवसाय गरेर अगाडि बढ्न अाग्रह गर्नुभयाे ।

उहाँले देशमा प्रजातन्त्र, बहुदल अाएपछि व्यवसाय अगाडि बढेकाे बताउदै पेशागत सुरक्षाकाे ग्यारेन्टी, व्यवसायलाई सहज हुने खालकाे एेन समय अनुसार परिमार्जन गर्न लागिएको बताउनुभयो ।

कार्यक्रममा बाेल्दै संस्थाकाे पुर्व अध्यक्षहरू ताराराम श्रेष्ठ,फणीन्द्र बहादुर श्रेष्ठ, सदस्यहरू हाेमराज श्रेष्ठ र राकेश श्रेष्ठ लगाएतका वक्ताहरूले विभिन्न चुनाैतिकाे माझ पनि अाफुहरूले व्यवसाय संचालन गरिरहेकाे बताए ।



वक्ताहरूले काठमाडौंमा मात्र नभई देशैभरीका रेष्टुरेन्टहरूलाई सदस्य बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे । संस्थाले पेशागत हकहितका लागि संस्थागत रूपमा अगाडि बढाउनुपर्ने धारणा राखे ।

यसैविच रक्षामन्त्री भिमसेन दास प्रधानकाे हातबाट संस्थालाई याेगदान पुर्याए बापत संस्थाका सदस्य भिमबहादुर श्रेष्ठ, हाेमराज श्रेष्ठ, राकेश श्रेष्ठ र हिमाल श्रेष्ठलाई सम्मान गरिएको छ ।

फास्टफुड एसाेसियसन नेपालका अध्यक्ष धनबहादुर श्रेष्ठकाे अध्यक्षतामा भएको साे कार्यक्रममा अायव्यय काेषाध्यक्ष रमिला श्रेष्ठ र प्रगति प्रतिवेदन महासचिव हिमाल श्रेष्ठले प्रस्तुत गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता