२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीको गौशाला नगरमा माओवादी केन्द्र विजयी

२०७४, ६ आश्विन शुक्रबार ०२:४२

असोज ६, महोत्तरी । जिल्लाको प्रमुख व्यापारिक केन्द्र एवं नगरोन्मुख क्षेत्रका रुपमा परिचित रहेको गौशाला नगरपालिकाका प्रमुख पदहरु नेकपा (माओवादी केन्द्र) को भागमा परेका छन् । 

आज बिहान ४ बजे घोषित स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार गौशाला नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका शिवनाथ महतो र उपप्रमुखमा माओवादी केन्द्रकै आशा लामा विजयी हुनुभएको छ । 

शिवनाथले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामकुमारीदेवी महतोलाई पराजित गर्नुभएको हो भने आशा लामाले संघीय समाजवादी फोरमका उपप्रमुखका उम्मेदवार डा रमेश यादवलाई पराजित गर्नुभएको हो । 

प्रमुख पदमा माओवादी केन्द्रका महतोले पाँच हजार ९४४ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी रामकुमारीदेवीले पाँच हजार मत प्राप्त गर्नुभएको थियो । 

उपप्रमुखमा लामाले पाँच हजार ९७० मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी रमेशले चार हजार ६४२ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालय, गौशाला महोत्तरीले जनाएको छ । 

त्यस्तै, नेपाली काँग्रेसका प्रमुखका उम्मेदवारले चार हजार ३५५, उपप्रमुखले चार हजार ६४२ र राजपा नेपालले प्रमुखमा दुई हजार ७५३ र उपप्रमुखले तीन हजार ३९५ मत प्राप्त गरेका थिए । 

त्यस्तै, गौशाला नगरपालिकाका छ वडामा नेकपा (माओवादी केन्द्र), पाँच वडामा काँग्रेस र एउटामा संघीय समाजवादी फोरम नेपाल प्यानलसहित विजयी भएका छन् । 

बीस वर्षपछि चुनिएका अधिकांश जनप्रतिनिधि भने युवा नै रहेकाले अब गौशाला नगरपालिकामा विकासको लहर छाउने स्थानीयवासीले प्रतिक्रिया दिएका छन् । 

सोनमामा संघीय समाजवादी विजयी 

त्यस्तै, महोत्तरीको सोनमा गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार राजकुमार यादवले चार हजार १३२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उपप्रमुखमा विमादेवी साह तीन हजार ४१९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । 

त्यस्तै, उहाँहरुका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार नवलकिशोर यादवले दुई हजार ४०१ मत प्राप्त गर्नुभएको थियो भने उपप्रमुखमा पुष्पाकुमारी यादवले दुई हजार ८०१ मत प्राप्त गर्नुभएको थियो । 

निर्वाचित राजकुमार यादव भने यसअघि पनि गाविस अध्यक्षमा निर्वाचित भई काम गरिसक्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल