2026-07-03 09:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रले संघ र प्रदेश सभाको उम्मेदवार टुंगो लगायो

2017-09-23

असोज ७, इलाम, रासस । नेकपा (माओवादी केन्द्र) इलामले आगामी मंसिर महिनामा हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ । 

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्रीप्रसाद जबेगुको प्रमुख आतिथ्यतामा प्रदेशसभा र संघका लागि उम्मेदवार छनोट गरेको हो । बुधबारको बैठकले संघको प्रत्यक्षतर्फ क्षेत्र नं १ बाट धीरेन शर्मा र क्षेत्र नंं २ बाट कान्छा लावतीलाई उम्मेदवार छनोट गरेको हो । 

यसैगरी समानुपातिकतर्फ टीका घिमिरे र सोममाया राईलाई उम्मेदवार छनोट गरेको छ । यस्तै प्रदेश सभाको निर्वाचनका लागि क्षेत्र नं १ बाट तेजबहादुर राई र क्षेत्र नं २ बाट श्रीमान् राईलाई उम्मेदवार छनोट गरिएको माओवादी केन्द्र इलामका कार्यालय सचिव जीवन शर्माले जानकारी दिनुभयो । 

यसैगरी प्रदेशको समानुपातिकमा राम राई, उर्मिला तामाङ, किरण सुनुवार, ओमबहादुर गुरुङ, शान्ता बस्नेत, प्रेमना छिरिङ र पवन शंकरलाई सिफारिस गरिएको शर्माले बताउनुभयो । 

केन्द्रका विषयमा विवाद 

सन्दकपुर गाउँपालिकाको केन्द्रको विषयमा विवाद बढ्दै गएको छ । हाल केन्द्र रहेको देउराली बजारमा नै केन्द्र कायम गर्ने कि अन्यत्र सार्ने भन्ने विषयमा विवाद चुलिएको छ । देउरालीमा राख्ने पक्ष र अन्यत्र सार्ने पक्षमा गाउँपालिकावासी नै दुई पक्षमा विभाजित भएका छन् । देउराली बजार गाउँपालिकावासीका लागि अपायक पर्ने भन्दै स्थानीयवासीले पायक पर्ने स्थानमा केन्द्र कायम गर्न माग गर्दै आएका छन् । विशेषगरी माबु र जमुनाका बासिन्दाले केन्द्र अत्यन्तै अपायक क्षेत्रमा कायम गरिएको भन्दै शुरुवातदेखि नै विरोध गर्दै आएका छन् । 

राजनीतिक दल र स्थानीय तह प्राविधक सहयोग समितिको सफारिसमा देउराली बजारलाई केन्द्र निर्धारण गरिएको थियो तर सन्दकपुर गाउँसभाको बैठकले एक पटकका लागि स्थानीय तहको नाम र केन्द्र परिर्वन गर्नसक्ने व्यवस्था गरेपछि उनीहरूले माग सशक्त बनाउँदै आएका छन् । 

गाउँपालिका अध्यक्ष उदय राईले गाउँपालिकाको केन्द्रका विषयमा कुनै विवाद नभएको र गाउँसभाले पनि केन्द्र सार्ने निर्णय नगरेको बताउनुभयो । माबु र जमुनाका बासिन्दाले माबुमा केन्द्र सार्न माग गरे पनि गाउँसभाले देउरालीमा नै केन्द्र कायम गर्ने निर्णय गरेपछि विवाद सकिएको अध्यक्ष राईको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो