२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चौतर्फी घेराबन्दीमा पनि एमालेको नतिजा सन्तोषजनक’

२०७४, ८ आश्विन आईतवार १२:३३

असोज ८, भक्तपुर । नेकपा (एमाले)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेलाई चौतर्फी घेराबन्दीमा पारे पनि २ नं प्रदेशको स्थानीय तहको निर्वाचनमा एमालेले सन्तोषजनक नतिजा हासिल गरेको बताउनुभएको छ । 

सुनौलो प्रेस क्लब एण्ड मिडिया प्रा.लि., भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले प्रदेश नं २ को निर्वाचनमा एमालेविरुद्ध सबै दल मिलेर एक्ल्याए पनि अन्ततः एमालेले पाएको नतिजामा सन्तोष गर्ने ठाउँ रहेको बताउनुभयो । 

स्थानीय तहको निर्वाचनमा एमाले पहिलो दल बन्न सफल भएको चर्चा गर्दै उहाँले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बनेर एमालेको नेतृत्वमा सरकार गठन हुने दाबी गर्नुभयो । 

खनालले भन्नुभयो, “नेपालमा कोही पनि ठूल्दाइ र सानोभाइ छैनन्, सबै समान छन्, कसैले आफूलाई ठूल्दाइ नसम्झे हुन्छ ।” विश्वका सबै देशसँग नेपालको समान सम्बन्ध रहेको भन्दै दुई छिमेकी मुलुक चीन र भारतसँग पनि समान सम्बन्ध रहेको उहाँको भनाइ थियो । 

संविधानसभाले संविधान निर्माण गरी कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचनसमेत सम्पन्न भइसकेको भन्दै नेपाली जनताले देशलाई अग्रगामी दिशातर्फ अगाडि बढाउने जिम्मेवारी एमालेको काँधमा सुम्पिएको जिकिर गर्नुभयो । 

अब सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरण गर्न सबै राजनीतिक दल जुटेर देश विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले संविधान कार्यान्वयनसँगै देशले विकासमा फड्को मार्ने बताउनुभयो । 

संस्थाका अध्यक्ष जीवन ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख चिरञ्जीवी खनाल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से