९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश दूईको मत परिणामले आत्तिनु पर्दैन: ओली

८ आश्विन २०७४, आईतवार १३:२३

असोज ८, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको प्रदेश नं २ को मत मरिणामबाट आत्तिनुपर्ने अवस्था नभएको बताउनुभएको छ । 

नेकपा (एमाले) ३ नं प्रदेश सम्पर्क संगठन कमिटीले आज पार्टी कार्यालयमा आयोजित स्मारिका विमोचन कार्यक्रममा उहाँले २ नं प्रदेशमा मत परिणाम कम आउँदैमा आत्तिनुपर्ने अवस्था नभएको स्पष्ट पार्नुभयो । सो स्मारिकामा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ५०औैँ वर्ष अर्थात स्वर्ण जयन्ती पैदल यात्रा–२०५५ (मदननगर, बल्खु–भँगेरी, रामेछाप) बारेका सामग्रीहरु समेटिएको छ । 

अध्यक्ष ओलीले निर्वाचनका बेलामा २ नं प्रदेशमा प्रतिकूल अवस्थामा पनि त्यति मत प्राप्त गरेको र आगामी निर्वाचनमा राम्रो मत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वर्गीय नेता पुष्पलालको जन्मभूमि रामेछापको भँगेरीको राम्रो विकास गर्नुपर्नेमा जोड दिँदै कम्युनिष्ट स्थापना भएको अवसरमा यात्राका बेलाको स्मारिका निकाल्नु महत्वपूर्ण भएको चर्चा गर्नुभयो । 

एमाले नेता माधवकुमार नेपालले सत्ताको दुरुपयोग र धाँधलीपूर्ण तरिकाले २ नं प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र निराश नभईकन केन्द्र र प्रदेशको निर्वाचनमा राम्रो परिणाम ल्याउन प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । 

विसं २०५५ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको ५०औँ वर्षका अवसरमा स्वर्गीय नेता पुष्पलालको जन्मस्थान रामेछापको भँगेरीमा एमाले पार्टी कार्यालय, मदननगर बल्खुदेखि भँगेरीसम्मको पैदय यात्रा गरिएको थियो । 

सोही यात्राको विषयलाई लिएर स्मारिका निकालिएको हो । पैदल यात्रा कमिटीका संयोजक दिव्यध्वज कार्कीको क्रियाशीलतामा सो स्मारिका प्रकाशन गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता