"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी नै कर्णाली समृद्धिको आधार हो: प्रचण्ड

२०७४, ९ आश्विन सोमबार ०३:३२

असोज ८, जुम्ला । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नै कर्णालीको समृद्धिको आधार भएको बताउनुभएको छ । 


आज जुम्लाको सिँजामा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले कठिन संघर्षले ६ नं प्रदेशको निर्माण भएको जनाउँदै कर्णालीको समृद्धि माओवादीको प्रमुख एजेण्डा रहेको तर्क गर्नुभयो । 

माओवादीबिना देशको समृद्धिको कल्पना गर्न नसकिने दाबी गर्दै उहाँले आफू नेतृत्वको सरकारले नेपालको ७.५ प्रतिशत आर्थिक वृद्धि गर्नुका साथै संविधानअनुसार मुलुकको संघीयता कार्यान्वयन गरेको जनाउनुभयो । 

उहाँले कर्णालीमा समृद्धि ल्याउनका लागि नाग्म–मुगु सडक, सिँजा सभ्यताको विकास र मुगु गमगढी हुँदै नाक्चेलाग्ना जोड्ने सडक निर्माणमा जोड दिने बताउनुभयो । गरिब, श्रमजीवी नेपालीको आस्थाको धरोहर पार्टी माओवादी केन्द्र ठानेर अहिले प्रवेशको लहर चलेको उहाँको भनाइ थियो । 

सो अवसरमा अध्यक्ष दाहालले नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धिताल र जिल्ला अध्यक्ष खम्ब शाहीसहित ७०० कार्यकर्तालाई पार्टी प्रवेश गराउनु भएको थियो । 

माओवादी केन्द्र पार्टी प्रवेश गरेलगत्तै अध्यक्ष दाहालले नवप्रवेशी धिताललाई तिला, हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिका समेटिएको २ नं क्षेत्रबाट प्रदेशसभाका लागि टिकट दिएको घोषणा गर्नु भएको थियो । 

उहाँले तराईको चुनावपूर्व माओवादी केन्द्र प्रवेश गर्ने नवप्रवेशीलाई टिकट दिँदा जीत हात परेको र यसपटक धिताललाई दिएको टिकटले पार्टीको विजय हुने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से