२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवा अबुधाबीमा

२०७४, ९ आश्विन सोमबार ११:०४

भीष्मराज ओझा। असोज ९, अबुधाबी। प्रधानमन्त्री शेरबहादुर देउवा आज संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी आइपुग्नुभयो । 

प्रधानमन्त्री देउवा संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा दिउँसो अबुधाबी आइपुग्नुभएको हो । 

प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल आजै साँझ ५ बजे ओमनको मस्कटका लागि प्रस्थान गर्नेछ । त्यहाँ प्रधानमन्त्री देउवाले खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखहरुलाई नेपाली आप्रवासी कामदारले भोग्नुपरेका समस्या र उनीहरूको संरक्षणका बारेमा निर्देशन दिनुहुने कार्यक्रम छ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर मस्कटबाट प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी हुनुहुनेछ । 

आजै प्रधानमन्त्री देउवाको सम्मानार्थ ओमन सरकारले रात्रिभोजको आयोजना गरेको उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराका स्वकीय सचिव युवराज चौलागाईंले जानकारी दिनुभएको छ । 

प्रधानमन्त्री देउवाले यही असोज ७ गते महासभालाई सम्बोधन गर्नुका साथै सोही दिन राष्ट्र संघ महासचिव एन्टिोनियो गुटेरससँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । महासभाका दौरान न्यूयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री सेख हसिना, पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासी र इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडसँग भेटवार्ता गर्नुभएको थियो । 

प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महरा, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी हुनुहुन्छ । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल असोज १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित