९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवा अबुधाबीमा

९ आश्विन २०७४, सोमबार ११:०४

भीष्मराज ओझा। असोज ९, अबुधाबी। प्रधानमन्त्री शेरबहादुर देउवा आज संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी आइपुग्नुभयो । 

प्रधानमन्त्री देउवा संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा दिउँसो अबुधाबी आइपुग्नुभएको हो । 

प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल आजै साँझ ५ बजे ओमनको मस्कटका लागि प्रस्थान गर्नेछ । त्यहाँ प्रधानमन्त्री देउवाले खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखहरुलाई नेपाली आप्रवासी कामदारले भोग्नुपरेका समस्या र उनीहरूको संरक्षणका बारेमा निर्देशन दिनुहुने कार्यक्रम छ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर मस्कटबाट प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी हुनुहुनेछ । 

आजै प्रधानमन्त्री देउवाको सम्मानार्थ ओमन सरकारले रात्रिभोजको आयोजना गरेको उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराका स्वकीय सचिव युवराज चौलागाईंले जानकारी दिनुभएको छ । 

प्रधानमन्त्री देउवाले यही असोज ७ गते महासभालाई सम्बोधन गर्नुका साथै सोही दिन राष्ट्र संघ महासचिव एन्टिोनियो गुटेरससँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । महासभाका दौरान न्यूयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री सेख हसिना, पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासी र इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडसँग भेटवार्ता गर्नुभएको थियो । 

प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महरा, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी हुनुहुन्छ । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल असोज १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो