Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  


९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विभाजनपछि राप्रपाको जिल्ला भेला सम्पन्न– संयोजकमा प्रकाश पौडेल तोकिए

९ आश्विन २०७४, सोमबार १३:०१

 


पर्वत । एकताको नौ महिना नपुग्दै संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजित भएपछि त्यसको प्रभाव पर्वतमा समेत परेको छ ।


दुइ महिना अगाडी  विभाजन भएको राप्रपा पर्वतको संस्थापक पक्षले सोमबार जिल्ला भेला आयोजना गरी अर्को व्यवस्था नभएसम्मको लागि जिल्ला नेता प्रकाश पौडेललाई संयोजकका रुपमा जिम्मेवारी सुम्पेको छ ।


जिल्ला भेला पाटीका उपाध्यक्ष नारायणदत्त भुषालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा राप्रपा पर्वतका पूर्व अध्यक्ष ठाकुर प्रसाद भुषालले पार्टीको आगामी रणनीति, पाटीको विभाजपछि परेको प्रभाव र आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावको लागि जिल्लास्तरबाट हुने भूमिकाको बारेमा कार्यकर्तालाई जानकारी गराएका थिए ।


संस्थापक पक्षले दशै र तिहारको विचमा पार्टीको नेतृत्व चयन गरी जिल्लामा पार्टीलाई चुस्त रुपमा अगाडी बढाउने निर्णय गरेको प्रकाश पौडेलले बताए ।


कार्यक्रममा  ठाकुरबम मल्ल, गंगे दमाई  लगायतले बोलका थिए । सोही अबसरमा दशै तिहारको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।


 यहि साउनमा राप्रपाका पशुपतीशमशेर राणाले  ६६ जना केन्द्रीय सदस्य र २२ सांसदको हस्ताक्षरसहित  राप्रपा प्रजातान्त्रिक पार्टी दर्ता प्रक्रिया अघि बढाएका थिए ।


मंसिर ६ गते राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भई राप्रपा बनेको थियो। पहिलो चरणको स्थानीय तह चुनावमा अपेक्षाअनुसार परिणाम ल्याउन नसकेपछि पार्टी्भित्रको विवाद सतहमा देखिएको थियो।


 


’फागुनमा भएको एकीकरण महाधिवेशनको भावनाअनुसार अध्यक्ष कमल थापाले पार्टी नचलाएका कारण असन्तुष्टि बाहिर आएको जनाइएको थियो ।


राप्रपा केन्द्रीय समिति १ सय ६१ सदस्यीय छ। अध्यक्ष थापाको कार्यशैलीप्रति असन्तुष्ट राणाले साउन पहिलो साता भएको केन्द्रीय समिति बैठक बहिस्कार गरेका थिए।


पहिलो चरणको चुनावपछि पार्टी विभाजन गर्न ४० प्रतिशत केन्द्रीय सदस्य पु‍¥याउन राणाले हस्ताक्षर संकलन गर्न थालेको जानकारी पाएपछि अध्यक्ष थापाले विधानको अधिकार प्रयोग गर्दै ४२ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।


राप्रपा विभाजन नौलो विषय भने होइन। अधिकांश पूर्व पञ्च नेतृत्वमा रहेको राप्रपा पटकपटक एकीकरण र विभाजित हुँदै आएको छ। २०४७ जेठ १५ गते एकै दिन राप्रपा (थापा) र राप्रपा (चन्द) गठन भएको थियो। त्यसपछि यी दुई पक्षबीच एकता र विभाजन हुँदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो