चिसाङ शेर्पा/असोज ९, खोटाङ । जिल्लामा खेलकुदलाई अनिवार्य क्रियाकलाप बनाईनु पर्ने नेपाल सितोरियो कराँतेसंघ खोटाङका अध्यक्ष सञ्जय कुमार राईले बताएका छन् ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा/असोज ९, खोटाङ । जिल्लामा खेलकुदलाई अनिवार्य क्रियाकलाप बनाईनु पर्ने नेपाल सितोरियो कराँतेसंघ खोटाङका अध्यक्ष सञ्जय कुमार राईले बताएका छन् ।&nbs"/>

२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

‘खोटाङमा खेलकुदलाई अनिवार्य क्रियाकलाप बनाइयोस’

२०७४, ९ आश्विन सोमबार १५:२५


चिसाङ शेर्पा/असोज ९, खोटाङ । जिल्लामा खेलकुदलाई अनिवार्य क्रियाकलाप बनाईनु पर्ने नेपाल सितोरियो कराँतेसंघ खोटाङका अध्यक्ष सञ्जय कुमार राईले बताएका छन् । 

नेपालको ऐतिहाँसिक निर्वाचनवाट चुनिएका जनप्रतिनिधी तथा नव आगन्तुक राष्ट्र सेवक कर्मचारी सम्मान र नेपाल सितोरियो कराँतेसंघ खोटाङको भावि योजना वारेको अन्तक्र्रिया कार्यक्रममा ‘राष्ट्रका लागि खेलकुदलाई विगत लामो समयदेखी खोटाङमा अतिरिक्त क्रियाकलापमा राख्न खोजिएको विषयलाई इंगित गर्दै त्यसो गरेमा जिल्लामा खेलकुदको अस्तित्व समाप्त हुने अध्यक्ष राईले बताए ।’

राईले भने ‘नेपालको खेलकुदमा राजनीतिकरण, दलालीकरण र अपराधीकरण हुंदा फड्को मार्न नसकेको हो । राजनीतिकरणका झिल्काहरु खेलकुदसम्म आईपुग्दा खोटाङमा पनि खेलकुद पछाडी परेको उनले बताए । 

खेलकुदप्रति जनप्रतिनिधीहरु वेलैमा सचेत बन्न अनुरोध गर्दै खेलकुदलाई अतिरिक्त क्रियाकलाप नभएर अनिवार्य क्रियाकलापमा समावेश गरीदिन अनुरोध गरे ।’ खेलकुदलई अनिवार्य नबनाईए खेलाडीहरु विदेश पलायनको विकल्प नरहेको उहाँको भनाई छ ।    

नेपाल सितोरियो कराँतेसंघ खोटाङको आयोजनामा सोमवार भएको कार्यक्रममा रुपाकोट मझुवागढी नगरपालिकाभित्रका १५ जना वडासदस्य, २ नगरपालिकाका प्रमुख, उपप्रमुख तथा ८ गाउँपालिकाका प्रमुख, उपप्रमुखलाई कदरपत्रले सम्मान गरिएको थियो । प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले प्रतिनिधीहरुलाई सम्मान गरेका हुन् ।

जिल्ला खेलकुद विकास समिती खोटाङका अध्यक्ष माईतीराज राईको अध्यक्षतामा नेपाल सितोरियो कराँतेसंघ खोटाङको कर्वडहलमा भएको कार्यक्रममा नेपाल सितोरियो कराँतेसंघ खोटाङका अध्यक्ष सञ्जय कुमार राईले २०६८ देखी हालसम्मको सितोरियो कराँतेको प्रगती विवरण र आगामी कराँतेका भावी योजना प्रस्तुत गरेका थिए । 

योजना अन्तरगत दिक्तेलमा दोस्रो हलेसी खोटाङ खुल्ला अन्र्तराष्ट्रिय कराँते प्रतियोगिता गर्ने, प्रत्येक पालिकामा कराँते खेलकुदको विकास गर्ने लगायत रहेको छ । 

उक्त कार्यक्रम गर्नका लागि स्थानिय निकाय अन्तरगतको रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलवाट २० लाख, हलेसी तुवाचुङ नगरपालिकावाट १० लाख, ८ पालिकावाट ५/५ लाख तथा शुभचिन्तकवाट १० लाख गरी ८० लाख वरावरको रकम अपेक्षा गरिएको राईले बताए । कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले जिल्लामा सितोरियो कराँतेका लागि सक्दो सहयोग गर्ने बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित