चिसाङ शेर्पा/असोज ९, खोटाङ । जिल्लामा खेलकुदलाई अनिवार्य क्रियाकलाप बनाईनु पर्ने नेपाल सितोरियो कराँतेसंघ खोटाङका अध्यक्ष सञ्जय कुमार राईले बताएका छन् ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा/असोज ९, खोटाङ । जिल्लामा खेलकुदलाई अनिवार्य क्रियाकलाप बनाईनु पर्ने नेपाल सितोरियो कराँतेसंघ खोटाङका अध्यक्ष सञ्जय कुमार राईले बताएका छन् ।&nbs"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

‘खोटाङमा खेलकुदलाई अनिवार्य क्रियाकलाप बनाइयोस’

९ आश्विन २०७४, सोमबार १५:२५


चिसाङ शेर्पा/असोज ९, खोटाङ । जिल्लामा खेलकुदलाई अनिवार्य क्रियाकलाप बनाईनु पर्ने नेपाल सितोरियो कराँतेसंघ खोटाङका अध्यक्ष सञ्जय कुमार राईले बताएका छन् । 

नेपालको ऐतिहाँसिक निर्वाचनवाट चुनिएका जनप्रतिनिधी तथा नव आगन्तुक राष्ट्र सेवक कर्मचारी सम्मान र नेपाल सितोरियो कराँतेसंघ खोटाङको भावि योजना वारेको अन्तक्र्रिया कार्यक्रममा ‘राष्ट्रका लागि खेलकुदलाई विगत लामो समयदेखी खोटाङमा अतिरिक्त क्रियाकलापमा राख्न खोजिएको विषयलाई इंगित गर्दै त्यसो गरेमा जिल्लामा खेलकुदको अस्तित्व समाप्त हुने अध्यक्ष राईले बताए ।’

राईले भने ‘नेपालको खेलकुदमा राजनीतिकरण, दलालीकरण र अपराधीकरण हुंदा फड्को मार्न नसकेको हो । राजनीतिकरणका झिल्काहरु खेलकुदसम्म आईपुग्दा खोटाङमा पनि खेलकुद पछाडी परेको उनले बताए । 

खेलकुदप्रति जनप्रतिनिधीहरु वेलैमा सचेत बन्न अनुरोध गर्दै खेलकुदलाई अतिरिक्त क्रियाकलाप नभएर अनिवार्य क्रियाकलापमा समावेश गरीदिन अनुरोध गरे ।’ खेलकुदलई अनिवार्य नबनाईए खेलाडीहरु विदेश पलायनको विकल्प नरहेको उहाँको भनाई छ ।    

नेपाल सितोरियो कराँतेसंघ खोटाङको आयोजनामा सोमवार भएको कार्यक्रममा रुपाकोट मझुवागढी नगरपालिकाभित्रका १५ जना वडासदस्य, २ नगरपालिकाका प्रमुख, उपप्रमुख तथा ८ गाउँपालिकाका प्रमुख, उपप्रमुखलाई कदरपत्रले सम्मान गरिएको थियो । प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले प्रतिनिधीहरुलाई सम्मान गरेका हुन् ।

जिल्ला खेलकुद विकास समिती खोटाङका अध्यक्ष माईतीराज राईको अध्यक्षतामा नेपाल सितोरियो कराँतेसंघ खोटाङको कर्वडहलमा भएको कार्यक्रममा नेपाल सितोरियो कराँतेसंघ खोटाङका अध्यक्ष सञ्जय कुमार राईले २०६८ देखी हालसम्मको सितोरियो कराँतेको प्रगती विवरण र आगामी कराँतेका भावी योजना प्रस्तुत गरेका थिए । 

योजना अन्तरगत दिक्तेलमा दोस्रो हलेसी खोटाङ खुल्ला अन्र्तराष्ट्रिय कराँते प्रतियोगिता गर्ने, प्रत्येक पालिकामा कराँते खेलकुदको विकास गर्ने लगायत रहेको छ । 

उक्त कार्यक्रम गर्नका लागि स्थानिय निकाय अन्तरगतको रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलवाट २० लाख, हलेसी तुवाचुङ नगरपालिकावाट १० लाख, ८ पालिकावाट ५/५ लाख तथा शुभचिन्तकवाट १० लाख गरी ८० लाख वरावरको रकम अपेक्षा गरिएको राईले बताए । कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले जिल्लामा सितोरियो कराँतेका लागि सक्दो सहयोग गर्ने बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो