९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी-एमाले एकीकरण: प्रचण्ड सहित तीन नेतालाई यस्तो जिम्मा

१७ आश्विन २०७४, मंगलवार ०२:५८

असोज १७, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले एमाले लगायतका दलसँग चुनावी तालमेलबारे छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा उच्चस्तरीय वार्ता समिति गठन गरेको छ ।

यस बिषयमा सोमबार झण्डै ६ घण्टासम्म बसेको माओवादी सचिवालय बैठकले आसन्न प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा तालमेलबारे छलफल गर्न अध्यक्ष प्रचण्डको नेतृत्वमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेको उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो  ।

पछिल्लो समय एकाएक माओवादी-एमाले एकीकरणको कुरा चलीरहेको बेला आधिकारिक रुपमै माओवादी नेताहरुले यस बिषयमा खुलेर जवाफ दिन थालेका छन् । माओवादी प्रवक्ता पम्फा भुसालले एमालेसँग चुनावमा तालमेल गरेर जाने निर्णय भएको जानकारी दिएकी छन् । उनको अनुसार चुनावी तालमेलको विषयमा सबै निर्णय गर्ने जिम्मा अध्यक्ष नेतृत्वको समितिलार्इ दिइएको छ । 

माओवादीले प्रचण्ड नेतृत्वको उच्चस्तरीय समितिलाई आवश्यकतालाई हेरी तालमेल वा पार्टी एकतासम्मको निर्णय लिनसक्ने सम्मको जिम्मेवारी दिइएको छ । नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो