२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले उम्मेदवारको टुंगो लगायो

२०७४, १७ आश्विन मंगलवार ११:३६

नन्दराम जैशी/असोज १७, जुम्ला । प्रदेशसभाको निर्वाचनका लागि नेपालि कांग्रेस जुम्लाले निर्वाचन क्षेत्र नं “क” बाट राजुसिंह कठायतलाइ उम्मेदवार बनाएको छ । 

सर्बसहमतिका आधारमा निर्वाचन क्षेत्र नं “क” बाट राजुसिंह कठायतलाइ नेपालि कांग्रेस जुम्लाले उम्मेदवारको टुंगो लगाएको हो । उम्मेदवारको नाम टुंगो लगाउन क्षेत्र नं “क” मा सर्बसहमति जुटेपनि क्षेत्र नं “ख” मा भने कांग्रेसलाइ सकस भएको छ ।               

प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नं “ख” बाट बढि आकांक्षिहरुको उम्मेदवारी परेपछि नेपालि कांग्रेस जुम्लालाइ उम्मेदवारका नाम टुंगो लगाउन सकस भएको हो । 

जिल्ला कार्य समिति जुम्लाका सदस्य डिलेश बहादुर रावतका अनुसार क्षेत्र नं “ख” बाट उम्मेदवारको नाम टुंगो लगाउन नसकिएपछि ६ जना आकांक्षिको नाम केन्द्रमा सिफारिस गरीएको छ । 

जसमा उम्मेदवारका आकांक्षिहरु पाटि सभापति दिप बहादुर शाहि, महा समिति सदस्य लंक बहादुर शाहि र भिमनिधि हमाल, पुर्व महाधिबेशन प्रतिनिधि जयहरी आचार्य र प्रयागलाल जिसि र नवजंग हमालले प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारीको दावि गरेका छन् ।     

 असोज ११ गतेसम्म नियमित बसेको जिल्लाको बैठकले नाम टुंगो लगाउन नससकेपछि सबै उम्मेदवारका आकांक्षिको नाम केन्द्रमा पठाइएको छ । केन्द्रले नै अन्तीम एक जना उम्मेदवारको नाम टुंगो लगाउने नेपालि कांग्रेस जुम्लाका सदस्य डिलेश बहादुर रावतले जानकारी दिनुभयो । यस्तै केन्द्रसभाको निर्वाचनका लागि पनि नेपालि कांग्रेस जुम्लाबाट ३ जनाले उम्मेदवारीको आकांक्षा देखाएका छन् ।            

 जसमा पाटि सचिब कर्ण बहादुर शाहि, पुर्व महाधिबेशन प्रतिनिधि देबेन्द्र बहादुर शाहि र लाल हमालले केन्द्रसभाका लागि उम्मेदवारीको दावि गरेका छन् । जिल्लामा सहमति जुट्न नसकेपछि उम्मेदवारको टुंगो लगाउन केन्द्रमा नाम सिफारीस गरीएको छ । 

यसैबिच जुम्लाका अन्य राजनितिक दलरुले पनि प्रदेश र केन्द्रसभाको निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाउन सकेका छैनन् । प्रदेश र केन्द्रसभाको निर्वाचनका लागि टिकट लिन सबै पटिभित्र धेरै आकांक्षि हुँदा आन्तरीक बिवाद हुनुका साथै गुटउपगुटको खेल भैरहेको बताइएको छ ।       


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म