२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पाका दलले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार टुंगो लगाए

२०७४, १७ आश्विन मंगलवार १४:०४

असोज १७, रोल्पा । दशैँ सकिएलगत्तै रोल्पाका राजनीतिक दलहरु आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा लागेका छन् । 

प्रदेशसभाका लागि अन्तिम टुंगो लगाउन बाँकी रहेपनि प्रतिनिधिसभाका लागि भने नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) रोल्पाले उम्मेदवारको टुंगो लगाएको बताएका छन् । आइतबार र सोमबार तीन दलले रोल्पामा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी केन्द्रीय प्रतिनिधिसभामा आ–आफ्ना दलको तर्फबाट उम्मेदवारी टुंग्याएको जानकारी दिएका हुन् । 

नेपाल प्रेस युनियन, रोल्पाले सोमबार अपराह्न आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सिँचाइ राज्यमन्त्री अमरसिं पुनले नेपाली काँग्रेसले केन्द्रीय प्रतिनिधिसभाको उम्मेदवारका लागि मंगलबारको बैठकबाट अन्तिम टुंगो लगाउने बताउनुभयो । 

यसैगरी, सोमबारै नेकपा (एमाले) रोल्पाको पार्टी कार्यालयमा प्रेस चौतारी नेपाल, रोल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले संसदीय दलका सचेतक गोकुलप्रसाद घर्तीले आफ्नो पार्टीको तर्फबाट केन्द्रीय प्रतिनिधिसभामा आफू उम्मेदवार हुने घुमाउरो जवाफ दिनुभएको थियो । 

उता प्रेस सेन्टर, रोल्पाले आइतबार लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले आफ्नो पार्टीको तर्फबाट केन्द्रीय प्रतिनिधिसभाका लागि आफू उम्मेदवार हुने घोषणा गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से