२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले र माओवादी केन्द्रको तालमेल सकारात्मक: मसाल

२०७४, १८ आश्विन बुधबार १०:०९

असोज १८, काठमाडौँ (रासस) । नेकपा (मसाल)ले नेकपा (एमाले), नेकपा (माओवादी (केन्द्र) र नयाँ शक्ति नेपालको चुनावी तालमेल तथा एकीकरण गर्ने घोषणालाई सकारात्मक रुपमा लिए पनि त्यो एकता वामएकता हुन नसक्ने जनाएको छ । 

मसालका महामन्त्री मोहनविक्रम सिंहले आज जारी गर्नुभएको विज्ञप्तिमा सैद्धान्तिक र राजनीतिक रूपमा र राजनीतिक चरित्रमा पनि कुनै आधारभूत भिन्नता नरहेकाले उनीहरू एक अर्काबाट अलग हुनुभन्दा आपसमा मिल्नु नै सही हुने भनिएको छ । तर उहाँले यो घोषणाले नेपालमा कम्युनिष्ट एकीकरणमा मद्दत नपु¥याउने तथा माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन हुने खतरा देखिएको जनाउनुभएको छ । 

मसालले माओवादी केन्द्रले नेपाली काँग्रेससँग मिलेर गठबन्धन सरकारको निर्माण गर्ने कार्य गलत भएको जनाउँदै आएको सन्दर्भमा एमालेसहित एकीकरणका लागि गरेको प्रयत्न एउटा साहसिलो र सकारात्मक कदम भएको ठहर गरेको छ । 

मसालले आगामी प्रदेश वा संसदीय चुनावमा उनीहरूसँग तालमेलको आफ्नो नीति खुला रहेको पनि जनाएको छ । मसालको खुला संगठन राष्ट्रिय जनमोर्चाले निर्वाचनमा भाग लिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से