९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार परिवर्तन एमालेको प्राथमिकतामा छैन: रावल

१८ आश्विन २०७४, बुधबार ११:५५

असोज १८, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सरकार परिवर्तन आफूहरुको प्राथमिकतामा नभएको स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नको लागि सरकारले गम्भिर भएर काम गर्नुपर्ने बताए । उनले भने,‘हामीले अहिले सरकार फेरबदल गर्नेबारे कुनै रुची राखेको छैन, यो सरकारको काम पनि चुनाव गराउनु नै हो, त्यसैले हामी अहिले सरकार परिवर्तन गर्दैनौं।’

रावलले यदि आफूहरुको एकता प्रयास र चुनावी तालमेलका कारण कांग्रेसमा आएको छट्पटीले निर्वाचनमा प्रतिकुल असर परे आफूहरुले बाध्य भएर पाईला चाल्ने बताए ।

उनले भने,‘तर हाम्रो उद्देश्य र लक्ष्य अहिले सरकारतिर छैन, चुनावमा हामी केन्द्रित भएका छौं।’ उनले वर्तमान सरकारले घोषित मितिभित्रै ईमानदारितापूर्वक आफ्नो काम पूरा गरोस भन्दै त्यसकोलागि सहयोग गर्न आफूहरु तयार रहेको स्पष्ट पारे ।

देशलाई राजनीतिक स्थायित्वतर्फ लैजानको लागि आफूहरुको तालमेल र पार्टी एकताको प्रयास सुरु भएको स्पष्ट पारेका छन् । रावलले भने,‘देशमा छोटो–छोटो समयमा हुने सरकार परिवर्तनको कारणले राजनीतिक स्थायित्व हाँसिल हुन सकेको छैन, त्यसैले हामीले त्यसलाई चिर्नको लागि र त्यो अन्यौलता समाप्त पार्नको लागि वाम एकताको थालनी गरेका छौं।’

रावलले तीन पार्टीवीचको चुनावी तालमेल र पार्टी एकताको प्रयासबाट अचम्मित बनेर कांग्रेसले अनिष्टको संज्ञाको दिन हाँस्यस्पद भएको बताए । उनले भने,‘एउटै दर्शन, विचार र सिद्धात भएका हामीहरुवीचकाउ सहकार्यबाट कोही किन यसरी छट्पटीमा पर्नुभएको होला ? मलाई त आश्चर्य लागेको छ।’

उनले आफूहरुको एकतालाई लिएर राष्ट्रको अनिष्ट हुन्छ भन्नेहरुलाई नै चुनावमा अनिष्ट हुनेभयो भन्ने भुत सभार भएको आरोप लगाए । उनले भने,‘अरुको आडमा टेको लगाएर यसो उफ्रिनेहरुको लागि बरु अनिष्ट हुने भयो।’ उनले बढीभन्दा बढी दलहरु एक ठाउँमा आउनु मुलुकलाई राजनीति स्थायित्व र समृद्धितर्फ डोर्याउन मद्दत पुग्ने विश्वास दिलाए ।

त्यस्तै उनले आफूहरुको एकता प्रयासलाई लिएर केही नेताहरुले लोकतन्त्रमाथि नै खतरा भनेर बोलेको पनि आफूहरुले सुनेको उल्लेख गर्दै भने,‘लोकतन्त्रको अभ्यास गर्ने पार्टी एमालेभन्दा अरु कोही पनि छैन, त्यसैले यस्तो कुरा वाईहात हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो