९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावी घोषणापत्र बनाउन तीन पार्टीको संयुक्त कार्यदल गठन

१८ आश्विन २०७४, बुधबार १५:०६

असोज १८, काठमाडौं । चुनावी तालमेल गर्ने सहमति गरेका एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि चुनावी घोषणापत्र बनाउन कार्यदल गठन गरेको छ ।

पार्टी एकता संयोजन समितिको बुधबार बसेको बैठकले उम्मेदवार चयनका लागि पनि ३ वटै पार्टी सम्मिलित निर्वाचन क्षेत्र उम्मेदवार निर्धारण समिति पनि बनाएको छ । 

एमाले उपाध्यक्ष बामदेव गौतमको भैंसेपाटीस्थित निवासमा बुधबार बसेको बैठकले एमाले महासचिव इश्वर पोखरेल नेतृत्वको ७ सदस्यीय निर्वाचन क्षेत्र उम्मेदवार निर्धारण कार्यदल बनाएको हो ।

कार्यदललाई ६० प्रतिशत एमाले, ४० प्रतिशत माओवादी केन्द्र हुने गरी प्रत्यक्षतर्फको उम्मेदवार तय गर्ने जिम्मेवारी दिइएको छ । कार्यदलमा एमालेका महासचिव पोखरेल, नेताहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा, नेताहरु वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्ति पार्टीका नेता गंगा श्रेष्ठ रहेको एमाले उपाध्यक्ष गौतमले जानकारी दिए ।

त्यसैगरी चुनाव घोषणा पत्र मस्यौदा कार्यदलमा एमालेबाट उपाध्यक्ष बामदेव गौतम, भीम रावल, प्रदिप ज्ञवाली, माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल तथा नयाँ शक्ति पार्टी नेपालबाट डम्बर खतिवडा र डा. लक्ष्मी देवकोटा छन् ।

पार्टी एकता संयोजन समितिले समानुपातिक तर्फको उम्मेदवारी भने आ-आफ्नै दलको तर्फबाट दिने निर्णय पनि गरेको छ । समानुपातिक तर्फको उम्मेदवारी आ-आफनै पार्टीको तर्फबाट दिने निर्णय गरिएकेा पनि एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए ।

आगामी असोज २९ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारी निर्वाचन आयोगमा बुझाउनुपर्ने प्राबधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो