९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतान्त्रिक गठबन्धनका लागि सात सदस्यीय कार्यदल गठन

१८ आश्विन २०७४, बुधबार १६:११

असोज १८, काठमाडौँ (रासस) । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिहरुको गठबन्धन बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ । 

मुलुकको समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आज आह्वान गर्नुभएको राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा (प्रजातान्त्रिक) र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष सम्मिलित बैठकले सो निर्णय गरेको हो । 

मुलुकका ठूला दुई वामपन्थी दलले चुनावी गठबन्धन र पार्टी एकताका लागि पहल गरेको भोलिपल्ट लोकतन्त्र र परिवर्तन पक्षधर दलहरुको बैठकले उक्त कार्यदलमा काँग्रेसका तर्फबाट दुई जना र अन्य दलबाट एक÷एक जना सदस्य रहने निर्णय गरिएको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो । 

मुलुकको सामुन्ने विद्यमान परिस्थितिमा लोकतान्त्रिक शक्ति एकताबद्ध भएर जानु आवश्यक देखिएकाले त्यस सम्बन्धमा गृहकार्य गर्न कार्यदल गठन गरिएको छ, नेता निधिले भन्नुभयो, “कार्यदलका सदस्यको नाम भने बिहीबार बिहान सबै दलले दिने र त्यसपछि आवश्यक गृहकार्य एंव तयारी थालिने छ ।” 

कार्यदलले भोलि बिहानदेखि नै पार्टीका शीर्ष नेताहरुको निर्देशनमा आवश्यक गृहकार्य र तयारी थाल्ने नेता निधिले बताउनुभयो । बैठकमा मंगलबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति पार्टीबीच निर्वाचनको मुखमा भएको चुनावी गठबन्धन र पार्टी एकताको पहलका सबन्धमा गम्भीर र विस्तृत छलफल भएको थियो । 

बैठकमा वामपन्थी दलबीच भएको अस्वभाविक र रहस्मय गठबन्धनले निर्वाचन समयमा हुँदैन कि भन्ने आशंका सिर्जना गरेको बारेमा छलफल भएको बताउँदै नेता निधिले भन्नुभयो, “बैठकमा सहभागी शीर्ष नेताले निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सामूहिक रुपमा एकताका साथ अगाडि बढ्ने दृढता व्यक्त गर्नुभएको छ ।” 

बैठकमा सहभागी छ दलसँग ३०२ जना सांसद रहेको स्पष्ट पार्दै नेता निधिले सरकारसँग पर्याप्त बहुमत रहेको र यही सरकारले निर्वाचन सम्पन्न गराउने बताउनुभयो । यसअघि आजै बसेको नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको थियो । 

बैठकमा प्रधानमन्त्री देउवा, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राजपा नेपालका अध्यक्ष महन्त ठाकुर, संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जवरालगायत नेता उपस्थिति हुनुहुन्थ्यो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता