९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले लोकतन्त्र, राष्ट्रवादी र प्रगतिशील सबैलाई समेट्ने

१९ आश्विन २०७४, बिहीबार १३:३७

असोज १९, काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आउँदो चुनावका लागि चुनावी गठबन्धनमा लोकतन्त्र, परिवर्तन पक्षधर, राष्ट्रवादी र प्रगतिशील सबै दललाई वृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध गर्ने निर्णय गरेको छ । 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार बालुवाटारमा बसेको बैठकमा समसामयिक राजनीतिक विषय र आगामी निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने सम्बन्धमा छलफल भएको नेता एनपी साउदले जानकारी दिनुभयो । 

बैठकले असोज २० गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकका कार्यसूचीसमेत तय गर्नुका साथै निर्वाचनमा अन्य दलसँग चुनावी मोर्चा बनाउने सम्बन्धमा निर्णय गरेको नेता साउदले बताउनुभयो । 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताको सहभागिता थियो । 

प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले मंगलबार प्रमुख विपक्षी दल नेकपा एमालेसँग चुनावी गठबन्धन गर्न र पार्टी एकताका लागि पहल गर्ने सहमति गरेपछि कांग्रेसले लोकतान्त्रिक मोर्चा गठन गर्ने निर्णय गरेको थियो । 

कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमको बुधबार बसेको बैठकले लोकतान्त्रिक मोर्चामा सहभागी हुने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा