२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी सक्रिय थिए प्राधिकरण प्रमुख पोख्र्रेल पार्टीको गतिविधिमा (तस्बिरसहित)

१९ आश्विन २०७४, बिहीबार १६:४३

असोज १९, प्यूठान । विहिवार पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) प्रा.डा.गोविन्दराज पोख्रेलसँगको सम्वन्धित खवरले धेरै चर्चा पायो । 

चाडपर्वको बेला भूकम्पपीडितलाई टहरामै राखेर गृहजिल्लामा आएर नेपाली कांग्रेसको चुनावी प्रचारप्रसारमा सक्रिय पोख्रेलको देशभर चर्को आलोचना भएको छ । आफन्त, इष्टमित्र भेट्ने बाहानबाजी बनाएर पोख्रेल पार्टीका कार्यक्रममा सक्रिय भएपछि उनमाथी सवैले खवरदारी गरेका हुन् ।

पूर्ण रुपमा सरकारी स्वामित्वमा रहेको प्राधिकरणको प्रमुख पदमा बसेर पीडितको सेवा गर्नुको साटो पोख्रेल सरकारकै सवारीसाधन दुरुपयोग गरेर पार्टीको गतिविधिमा सक्रिय भएपछि उनको व्यवहारप्रति कसैले मन पराएका थिएनन् । जिल्लादेखि केन्द्रसम्म उनको सवैले चर्को आलोचना गरे । 

अन्ततः निर्वाचन आयोगको विहिवार नै बसेको बैठकले उनलाई तत्कालै प्यूठान छाडेर काममा फर्कन निर्देशन दियो । पोख्रेललाई २४ घण्टाभित्र लिखित जवाफ दिनसमेत आयोगले निर्देशन दिएको छ । 

नेपाली कांग्रेस प्यूठानले सिइओ पोख्रेल दशैँमा आफन्त भेट्न आएको भनेर विज्ञप्ती निकालेपनि उनी पार्टीको प्रचारप्रसारमा लागेको प्रष्ट देख्न सकिन्छ । सामाजिक सञ्जाल(फेसबुक)मा उनै पोख्रेलले कांग्रेसका नेता, कार्यकर्ताहरुसँगको भेटघाट, छलफलमा खिचेका फोटाहरु पोष्ट गरेका छन् । उनका फोटोहरु देख्दा लाग्छ, यतिबेला भूकम्पपीडितहरुले उनलाई गिज्जाईरहेका होलान् । 

पोख्रेलको कामकारवाहीप्रति आपत्ती जनाउँदै प्यूठानमा क्रियाशिल चार दलहरुले समेत विज्ञप्ती निकालेर सरकारको ध्यानाकर्षण गराएका छन् । विज्ञप्ती जारी भएको केही समयभित्र नै निर्वाचन आयोगले उनलाई गरेको कारवाहीको विषयमा प्रमुख जिल्ला अधिकारीलाई पत्र काटेर तत्कालै जिल्ला छाड्न सहयोग गर्न लिखित निर्देशन दिएको थियो ।


तस्विरमा हेरौँ डा.पोख्रेल कांग्रेस प्यूठानको विभिन्न कार्यक्रममा सहभागी भएका गतिविधिहरु:










प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान