२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा प्रत्यक्षभन्दा समानुपातिकमा आकांक्षी धेरै, कुन दलका कति ?

२०७४, २० आश्विन शुक्रबार ०७:२२

असोज २०, रोल्पा । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा प्रत्यक्षभन्दा समानुपातिक उम्मेदवारका आकांक्षी धेरै देखिएका छन् । 

समानुपातिकतर्फका आकांक्षी धेरै देखिएपछि यहाँका राजनीतिक दलले आकांक्षी सबैको नाम केन्द्रमा सिफारिस गरेका हुन् । नेपाली काँग्रेसको गत असोज १६ र १७ गते सदरमुकाममा बसेको बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सिँचाइ राज्यमन्त्री तथा जिल्ला पार्टी सभापति अमरसिं पुनको नाम सिफारिस गरेको छ । 

यसैगरी प्रतिनिधिसभाको समानुपातिकतर्फ क्षेत्र नं १ बाट माधवप्रसाद आचार्य, नारायणप्रसाद सुवेदी, मिश्री हमाल, रेगबहादुर सुवेदी, सिमबहादुर विष्ट, दलसिं कामी, हरिबहादुर राना र कविता उपाध्यायको नाम सिफारिस गरेको छ । यसैगरी क्षेत्र नं २ बाट पूर्व सहायक मन्त्री भीमकुमारी बुढाको नाम प्रतिनिधिसभाका लागि समानुपातिकबाट सिफारिस भएको छ । 

प्रदेशसभामा क्षेत्र नं १ बाट पार्टी जिल्ला सचिव शेरबहादुर महराको नाम सिफारिस गरिएको छ भने सोही क्षेत्रबाट समानुपातिकतर्फ पूर्व सांसद लेखनाथ आचार्य, विद्यार्थी नेता मनोजमणि आचार्य, तीजा विष्ट, श्रीकुमारी रोका, मनिकला राना, पुष्पा श्रेष्ठ, पदम विष्ट र देवा आचार्यको नाम सिफारिस भएको छ । 

यसैगरी क्षेत्र नं २ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ खटकबहादुर खत्री, खगेन्द्र हमाल र दीपक श्रेष्ठको नाम सिफारिस भएकोे छ । सो निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ प्रदेशसभाका लागि झक्कुप्रसाद घर्ती, बमबहादुर रोका, मोहन परियार, धनबहादुर रसायली, टीका थापा, शंकबहादुर छन्त्याल र टेकबहादुर बस्नेतको नाम सिफारिस भएको काँग्रेसले जनाएको छ । 

यसैगरी नेकपा एमालेको असोज १९ गते बसेको बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पोलिटब्यूरो सदस्य गोकुलप्रसाद घर्तीको नाम सर्वसम्मत सिफारिस गरेको छ । 

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ कुमार दशौदीको नाम सिफारिस गरेको सो पार्टीले प्रदेशसभातर्फ क्षेत्र नं १ बाट पर्शुराम घर्ती र क्षेत्र नं २ बाट जिल्ला पार्टी अध्यक्ष हरिप्रसाद घर्तीको नाम सिफारिस गरेको छ । प्रदेशसभाका लागि भने समानुपातिकतर्फ सो पार्टीले पृथ्वीप्रसाद रोका, नेपबहादुर डाँगी, मनसिं डाँगी र राजकुमार कक्षपतिको नाम सिफारिस गरेको छ । 

नेकपा (माओवादी) केन्द्रको असोज १५ गते बसेको बैठकले प्रतिनिधिसभाका लागि पार्टीका ५ नं प्रदेश इञ्चार्ज एवं पूर्व अर्थमन्त्री वर्षमान पुनको नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ सभामुख ओनसरी घर्ती र महिला नेत्री जयपुरी घर्तीको नाम सिफारिस गरेको छ । 

प्रदेशसभाका लागि क्षेत्र नं १ को प्रत्यक्षतर्फ जोखबहादुर महरा र कुलप्रसाद केसीको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ चन्द्रबहादुर बुढा, मीना बुढामगर, पवनकुमार कवर, ओमबहादुर पुन, सीता आचार्य, राजकुमार कवर र इन्द्रबहादुर रोकाको नाम सिफारिस गरेको छ । 

यसैगरी क्षेत्र नं २ बाट प्रत्यक्षमा दीपेन्द्र पुनको नाम सर्वसम्मत सिफारिस गरेको सो पार्टीले समानुपातिकतर्फ सुरेन्द्र घर्ती, टोपबहादुर डाँगी, कर्मलाल परियार, रामधन पुन, हरिसरा घर्ती, भक्तबहादुर वली र काशीराम बुढामगरको नाम सिफारिस गरेको छ । 

जिल्लामा अन्य राजनीतिक दलले समेत धमाधम उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गरिरहेका छन् । एमाले र माओवादी केन्द्रबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तालमेल गरेलगत्तै पार्टी एकतासमेत गर्ने निर्णयले जिल्लामा उम्मेदवार सिफारिसमा केही अन्योल देखिए पनि पनि दुवै पार्टीबाट आएका नाम हाल जस्ताको तस्तै सिफारिस गरिएको ती पार्टीले बताएका छन् । 

निर्वाचनमा अत्यधिक मात्रामा पैसा खर्च हुने तथा प्रत्यक्षतर्फ जितको समेत सुनिश्चितता नभएकाले समानुपातिकतर्फ धेरैको अकांक्षा बढेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से