२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण

२० मंसिर २०८२, शुक्रबार १७:५८

काठमाडौँ | पशुपति क्षेत्रस्थित गौरीघाट पुलबाट गुह्येश्वरी जाने सवारीसाधनलाई आवागमनमा रोक लगाएर सिँढी बनाउन सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाले पुल निर्माण सकिएपछि सिँढी बनाउन थालेको हो ।

महानगरपालिका सम्पदा तथा पर्यटन समितिको संयोजकसमेत रहनुभएका कामपा–८ का वडाध्यक्ष आशामान संगतले निर्माणका क्रममा सवारी सञ्चालन हुँदा समस्या भएपछि सिँढी निर्माण गर्न लागिएको बताउनुभयो । “यो अस्थायी संरचना हो । स्थायी सिँढी बनाएर सवारी साधन रोक्नुपरेमा सरोकार भएका सबैसँग छलफल गरी अघि बढ्ने छौँ”, उहाँले भन्नुभयो ।

सिँढी निर्माणस्थलमा भेटिनुभएका भक्तजन जयराम सापकोटाले यसले गर्दा अशक्त तथा ज्येष्ठ नागरिकलाई गुह्येश्वरी मन्दिर दर्शन गर्न अप्ठ्यारो हुने धारणा राख्नुभयो । करिब एक वर्षअघि पुल जीर्ण भएर बनाउन सुरु गरिएकामा लामो समय आधुनिक निर्माण सामग्री प्रयोग गरिएको भन्दै रोकिएको थियो ।

पुरातत्व विभागले दिएको निर्देशनअनुसार प्राचीन निर्माण सामग्री प्रयोग गरेर पुल बनाउन महानगरपालिका सहमत भएपछि गत असोजमा पुलको बाहिरी स्वरुप निर्माण सम्पन्न भएको हो । पुललाई स्थायी बनाउन अझै काम बाँकी भएकाले सिँढी बनाएर सवारी आवागमन रोकिएको वडा कार्यालयले जनाएको छ ।

विश्व सम्पदा क्षेत्रमा भौतिक संरचना तथा पूर्वाधार निर्माण गर्दा अपनाउनुपर्ने मापदण्डविपरीत पुल पुनःनिर्माण सुरु गरेपछि विभागले पुरानै स्वरुपमा बनाउनुपर्ने भन्दै रोकेको थियो । महानगर पुरानै स्वरुपमा पुल बनाउन सहमत भएपछि पुनः काम सुरु भएको हो ।

यसैबीच, पुरानो पुल भत्काउँदा निकालिएका पुराना इँट्टाको संरक्षण नहुँदा चोरी भएको स्थानीयवासीले बताएका छन् । सुरुमा श्री ५ त्रिभुवन र श्री ३ चन्द्रशम्शेर लेखेको इँट्टा भेटिए पनि पछि त्यहाँ नभेटिएका स्थानीय अर्जुन लामिछानेले जानकारी दिनुभयो । ऐतिहासिक एवं पुरातात्विक महत्वका ती इँटा कहाँ गए भनेर सरोकार भएका निकायले जवाफ दिनुपर्ने उहाँको माग छ ।

आगामी दिनमा धार्मिक तथा सांस्कृतिक आस्थाका क्षेत्र, विश्व सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । चोरी भएका पुरातात्विक सामग्रीको खोजी गरी राखिनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान