ताराबहादुर महत । असोज २०, दोलखा ।  नेकपा माओवादी केन्द्र, दोलखाले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सर्व सहमत उम्मेद्वारको टुङ्गो लगाएको छ ।

विहिबार बसेको जिल्ला कमिटी बैठकले उम्मेद्वारहरुको टुङ्गो लगाएको कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असोज २०, दोलखा ।  नेकपा माओवादी केन्द्र, दोलखाले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सर्व सहमत उम्मेद्वारको टुङ्गो लगाएको छ ।

विहिबार बसेको जिल्ला कमिटी बैठकले उम्मेद्वारहरुको टुङ्गो लगाएको कार्य"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा माओवादी केन्द्रले छान्यो सर्वसहमत उम्मेद्वार

२० आश्विन २०७४, शुक्रबार १०:०३

ताराबहादुर महत । असोज २०, दोलखा ।  नेकपा माओवादी केन्द्र, दोलखाले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सर्व सहमत उम्मेद्वारको टुङ्गो लगाएको छ ।

विहिबार बसेको जिल्ला कमिटी बैठकले उम्मेद्वारहरुको टुङ्गो लगाएको कार्यालय सदस्य सन्तोष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार नेतृ देवी खड्का प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फकी उम्मेद्वार हुने भएकी छिन् । उनी माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा दोलखा इन्चार्ज हुन । त्यसैगरी प्रदेश सभाका लागि दोलखाको क्षेत्र नम्बर १ बाट माओवादी केन्द्र, दोलखाका सह इन्चार्ज विशाल खड्का र क्षेत्र नम्बर २ बाट नरबहादुर पाख्रिन प्रत्यक्षतर्फका सर्वसहमत उम्मद्वार हुनु हुने भएको छ । प्रतिनिधि सभाकी उम्मेद्वार देवी खड्का र प्रदेशसभाका लागि क्षेत्र नम्बर १ का उम्मेद्वार विशाल खड्का सहोदर दिदीभाइ हुन । प्रदेशसभाको क्षेत्र नम्बर २ का उम्मेद्वार पाख्रिन केहि समयअघि राप्रपाबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

बैठकले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि कृष्ण भुजेल, रीता रिमाल, नविन जिरेल र भिमबहादुर श्रेष्ठलाई उम्मेद्वार बनाउने भएको छ । त्यस्तै प्रदेश सभाका लागि क्षेत्र नम्बर १ बाट हिमाली गोले, तेजबहादुर गोले, तक्त जिरेल, छिरिङ शेर्पा, डिएन शेर्पा र कृष्णमाया कार्की समानुपातिक उम्मेद्वार बनाउने निर्णय गरिएको छ । त्यसैगरी क्षेत्र नम्बर २ बाट लक्ष्मी थामी, जित मोक्तान, बर्जुराम घतानी र सोम तामाङ समानुपाति उम्मेद्वार बन्नुहुने भएको छ ।एमालेसँग चुनावी तालमेल भएमा प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्षतर्फका तीनै जना उम्मेद्वारले लचकता अपनाउने निर्णय पनि भएको सदस्य केसीले बताउनुभयो ।

आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाका लागि नेपाली काङ्ग्रेस दोलखाले दर्जनौं उम्मेद्वारका आकांक्षीको नाम यसअघि नै सिफारिस गरेर केन्द्रमा पठाईसकेको छ भने एमाले दोलखाले आजसम्म टुङ्गो लगाउने तयारी रहेको पार्टी उपसचिव डबल पाण्डेले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा