९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम तालमेल मुलुकको समृद्धिका लागि हो: ओली

२० आश्विन २०७४, शुक्रबार १२:२९

असोज २०, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम शक्तिहरुबीच तालमेल र एकताको निर्णय केवल निर्वाचनमा बहुमत जुटाउनका लागि मात्र नभई मुलुक बनाउने अभियानसँग जोडिएको बताउनुभएको छ । 

सो पार्टीको काठमाडौँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वाम एकताबाट कोही आत्तिनु नपर्ने बताउनुभयो । मुलुकलाई भ्रष्टाचारमुक्त र समृद्धिको बाटो डो¥याउन सबैका बल र बुद्धि आवश्यक भएकाले तालमेल गरिएको उहाँको भनाइ थियो । यही असोज १७ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका तालमेल र निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा गरिएको थियो । 

उहाँले भन्नुभयो, “साधारण बहुमत त यसै (एक्लै) पनि आउने थियो तर समृद्धिको महाअभियानमा सबैलाई समेट्ने हाम्रो लक्ष्य हो ।” 

कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल, गायक सञ्जय श्रेष्ठ, नायक प्रकाश अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अकबर मोहम्मत गढी, नेपाली काँग्रेसका शत्रुधन राजभण्डारीलगायत एमालेमा प्रवेश गर्नुभयो । नवप्रवेशीलाई अध्यक्ष ओली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, उपत्यका इचार्ज सानुकुमार श्रेष्ठ, काठमाडौँ जिल्ला अध्यक्ष कृष्ण राईलगायतले स्वागत गर्नुभएको थियो । 

पूर्व प्रहरी नायब महानिरीक्षक सिलवालले आफू प्रहरी महानिरीक्षक हुन नसकी अन्याय भोग्नुपरेकाले अब राजनीतिको माध्यमबाट समाज सुधारमा लाग्ने प्रण गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा