२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीबाट एक मात्र पत्रकार भट्टराई प्रदेशमा शिफारिस

२० आश्विन २०७४, शुक्रबार १५:३५

प्रेम सुनार/असोज २०, गुल्मी । गुल्मीको निर्वाचन क्षेत्र १ अन्तर्गत प्रदेश एकका लागि  प्रदेश सभा सदस्यमा गुल्मीका एक मात्र पत्रकार सिफारिस भए पछि चर्चाको शिखरमा छन् । 

पत्रकारिता संगै लामो सयम देखि नेपाली कांग्रेसको राजनीतिमा  समेत खड्दै आएका  युवा नेता तथा पत्रकार  जगदीश भट्टराईको नाम चर्चाको शिखरमा  रहेका हुन् । नेपाली का्रग्रेसको महाधिवेशन प्रतिनिधी समेत रहेका पत्रकार भट्टराई यस जिल्लाका सवै राजनैतिक दलहरु मध्ये क्रियाशिल पत्रकारहरुमा कांग्रेसबाट प्रदेश सभासद उमेदवारमा सिफारिस हुने एक  मात्र पत्रकार बनेका छन । 

४८ बर्षका युवा भट्टराई समाज रुपान्तरणका लागि सधै आफ्नो दायित्व सम्झीदै राजनीति र सामाजिक क्षेत्रमा परिचित नाम भएका कारण उनी प्रदेशसभामा शिफारिसमा परेको पार्टी श्रोतले बताएको छ ।

गुल्मी जिल्लाको र्दुगम गाउँ कालीगण्डकी गाउँ पालिकाको वडा १ हर्मिचौरको लेंकमा जन्मीएका भट्टराई समाज रुपान्तरणका क्षेत्रमा बिद्यार्थी काल देखि हाल सम्म झण्डै तीन दशक लामो सामाजिक तथा राजनैतिक अभियानमा निरन्तर लागि परेका छन् ।

उनी विगत २६ बर्ष देखि त्यस क्षेत्रमा नेपाली काँग्रेसको संगठन बिस्तारमा निरन्तर लागि रहेका छन् । त्यस भन्दा पहिला उनले प्रवासमा नेपाली बिद्यार्थी राजनीतिका साथै नेपाली पत्रकारितामा समेत निरन्तर लागि परेका कारण पनि त्यस क्षेत्रमा लोकप्रिय युवाका रुपमा चिनिएका हुन ।

 गुल्मी र पाल्पामा रहेर राजनीति संगै पत्रकारिता र समालोचना, राजनैतिक बिश्लेषकका रुपमा परिचित भट्टराई आमसंचार र समाजशास्त्रमा स्नाकोत्तर हुन । कालीगण्डकी, सत्यवती र चन्द्रकोट गाउँ पालिकाकामा संगठन बिस्तारका साथै युवा परिचालनमा भट्टराईको महत्वपूर्ण भूमिका भएका कारण पहिलो र दोस्रो संविधानसभामा उनलाई समानुपातिक तर्फ जिल्लाले शिफारिश गरेको थियो ।

नेपालका ठुला दैनिकहरु कान्तिपुर, अन्नपुर्ण पोष्ट लगायत दर्जनौ मिडिया र स्वतन्त्र रेडियोमा काम गरेको अनुभव समेत सम्हालेका भट्टराई यस क्षेत्रकै चर्चित र  क्रियाशिल संचारकर्मीका रुपमा पनि चिनिन्छन् ।

द्वन्द व्यवस्थापन र बिकासमा समेत दख्खल राखेका भट्टराई प्रजातन्त्र प्राप्तीका लागि भएको ०४६सालको आन्दोलनमा बिद्यार्थी फाँट र २०६२/०६३ लोकतन्त्र प्राप्तीको आन्दोलनमा पत्रकारिता तथा पार्टीका आन्दोलनमा सक्रिय सहभागि भए वापत धेरै पटक जेल जिवन समेत भोगी सकेका छन् । उनी निष्ठाको राजनीतिलाई पहिलो प्राथमिकता ठान्ने बताउँदै भन्छन् –‘आफुलाई  काग्रेसजनले मात्र नभई एक नम्वर प्रदेशका अन्य दलमा आश्था राख्ने जनसमुदायले समेत मत दिएर अध्याधिक मतले विजयी गराउनु हुनेछ भन्ने कुरामा बिश्वस्त छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४