२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एमाले पर्वतबाट ४५ जनाको नाम सिफारीस,

२०७४, २१ आश्विन शनिबार ०३:४८


पर्वत । नेकपा एमाले पर्वतले प्रदेशसभा र प्रतिनिधिसभाको लागि ४५ जनाको नाम सिफारिस गरेको छ ।

जिल्ला कमिटि बैठकले आकांक्षीहरु धेरै भएपछि ४५ जनाको नाम केन्द्रमा पठाएको हो । जिल्लाबाट प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ ९ गरी १८ जनाको नाम छनोट गरी पठाउनुपर्ने थियो । 

वैठकले पोलिटव्यूरो सदस्य गणेश तिमिल्सिनालाई पार्टीले मुख्यमन्त्रीको रुपमा प्रस्तावित गरेमा सर्वसम्मत रुपमा पर्वत क्षेत्र क बाट प्रदेश सभा सदस्यमा उठाउने निर्णय गरेको छ ।

त्यस्तै प्रतिनिधिसभामा नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य गणेशप्रसाद पौडेल, सांसद विकास लम्साल, सांसद कल्पना चापागाई, प्रेस चौतारीका केन्द्रिय सदस्य गणेश पौडेल र नेता कृष्णप्रसाद लम्सालको नाम सिफारीस गरेको छ ।

त्यस्तै प्रतिनिधिसभामा समानुपातीकका लागि अनिताकुमारी गुरुङ, शान्ति नेपाली, प्रेम गुरुङ्ग र पिताम्वर शर्माको नाम पठाइएको छ ।

त्यस्तै प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फका उम्मेदवारका लागि विहीवार सम्पन्न क्षेत्रीय कमिटिको बैठकबाट आएका नामहरुलाई जस्ताको त्यस्तै केन्द्रमा पठाउने निर्णय गरेको छ ।

प्रदेशतर्फ भने बिहीवार क्षेत्रीय कमिटिबाट नाम आएका जिल्ला अध्यक्ष पदम गिरी, उपाध्यक्ष भक्त कुँवर, बाबुराम सुवेदी, उदय सुवेदी, लक्ष्मी सुनार र सरिता भण्डारी सरु तथा क्षेत्र नं. २ बाट प्रस्ताब गरिएका मोती पौडेल, देवेन्द्रराज पाण्डे, पुर्ण गौतम, वैकुण्ठ भुसाल, हरिकुमार श्रेष्ठ, शुन्दर भुसाल, भक्तराज सुवेदी, उमाकान्त सुवेदी, पुष्पराज पौडेल, देविप्रसाद बस्याल, कमलाकुमारी श्रेष्ठ र सुरक्षा लामिछानेलाई सिफारीस गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने