९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एमाले पर्वतबाट ४५ जनाको नाम सिफारीस,

२१ आश्विन २०७४, शनिबार ०३:४८


पर्वत । नेकपा एमाले पर्वतले प्रदेशसभा र प्रतिनिधिसभाको लागि ४५ जनाको नाम सिफारिस गरेको छ ।

जिल्ला कमिटि बैठकले आकांक्षीहरु धेरै भएपछि ४५ जनाको नाम केन्द्रमा पठाएको हो । जिल्लाबाट प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ ९ गरी १८ जनाको नाम छनोट गरी पठाउनुपर्ने थियो । 

वैठकले पोलिटव्यूरो सदस्य गणेश तिमिल्सिनालाई पार्टीले मुख्यमन्त्रीको रुपमा प्रस्तावित गरेमा सर्वसम्मत रुपमा पर्वत क्षेत्र क बाट प्रदेश सभा सदस्यमा उठाउने निर्णय गरेको छ ।

त्यस्तै प्रतिनिधिसभामा नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य गणेशप्रसाद पौडेल, सांसद विकास लम्साल, सांसद कल्पना चापागाई, प्रेस चौतारीका केन्द्रिय सदस्य गणेश पौडेल र नेता कृष्णप्रसाद लम्सालको नाम सिफारीस गरेको छ ।

त्यस्तै प्रतिनिधिसभामा समानुपातीकका लागि अनिताकुमारी गुरुङ, शान्ति नेपाली, प्रेम गुरुङ्ग र पिताम्वर शर्माको नाम पठाइएको छ ।

त्यस्तै प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फका उम्मेदवारका लागि विहीवार सम्पन्न क्षेत्रीय कमिटिको बैठकबाट आएका नामहरुलाई जस्ताको त्यस्तै केन्द्रमा पठाउने निर्णय गरेको छ ।

प्रदेशतर्फ भने बिहीवार क्षेत्रीय कमिटिबाट नाम आएका जिल्ला अध्यक्ष पदम गिरी, उपाध्यक्ष भक्त कुँवर, बाबुराम सुवेदी, उदय सुवेदी, लक्ष्मी सुनार र सरिता भण्डारी सरु तथा क्षेत्र नं. २ बाट प्रस्ताब गरिएका मोती पौडेल, देवेन्द्रराज पाण्डे, पुर्ण गौतम, वैकुण्ठ भुसाल, हरिकुमार श्रेष्ठ, शुन्दर भुसाल, भक्तराज सुवेदी, उमाकान्त सुवेदी, पुष्पराज पौडेल, देविप्रसाद बस्याल, कमलाकुमारी श्रेष्ठ र सुरक्षा लामिछानेलाई सिफारीस गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा