२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

एमाले खोटाङद्वारा उनन्तीस जनाको नाम सिफारिस (नामावलीसहित)

२०७४, २१ आश्विन शनिबार ०४:०८

असोज २१, खोटाङ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) ले जिल्लाबाट २९ जनाको नाम सिफारिस गरेको छ । 

सदरमुकाम दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा दुई दिनसम्म बसेको जिल्ला कमिटीको बैठकमार्फत उम्मेदवारको नाम सिफारिस गरिएको हो । 

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सांसद तथा वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य खगेन्द्र राई र वैकल्पिक केन्द्रीय सदस्य राजन राईको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष बबी चाम्लिङले जानकारी दिनुभयो । समानुपातिकतर्फ देवविक्रम राई, शुक्रबहादुर विश्वकर्मा, समरबहादुर भुजेल र मनिषा राईको नाम सिफारिस गरिएको एमालेले जनाएको छ । 

बैठकले प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं १ बाट सांसद पाँचकर्ण राई, प्रदेश सदस्य हरि पोखरेल, जिल्ला उपसचिव कुमारप्रसाद आचार्य, प्रदेश सम्पर्क कमिटी सदस्य वीरबलकाजी राई, युवा संघका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल र पार्टीको जिल्ला सचिवालय सदस्य सनमान खड्काको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ कर्ण घले, देवन राई, भीम राई, निर्मला आचार्य, उपिनकुमार राई, अकिलकुमार राई र रमिला गुरुङको नाम सिफारिस गरिएको एमालेले जनाएको छ । 

प्रदेशसभा क्षेत्र नं २ का लागि पूर्व सभासद् उषाकला राई, जिल्ला उपाध्यक्ष रामप्रसाद दंगाल र जिल्ला सचिवालय सदस्य जलशेर राई तथा समानुपातिकतर्फ देवीप्रसाद रेग्मी, जेनी राई, प्रभातविक्रम कटवाल, दिलकुमारी राई, सुशीला ढकाल र पूर्णकला तामाङको सिफारिस गरिएको छ । निर्वाचनमा टिकट दाबी गर्नेको संख्या बढी भए पनि टिकट पाउने उम्मेदवारलाई सहयोग गरेर जाने लिखित निर्णय भएको अध्यक्ष चाम्लिङले जानकारी दिनुभयो । 

काँग्रेस र माओवादी केन्द्रले भने यसअघि नै उम्मेदवार सिफारिस गरिसकेका छन् । जिल्लाका अन्य साना दलले भने अहिलेसम्म सिफारिस गर्न सकेका छैनन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश