१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी सरकार ढाल्ने पक्षमा छैन: दाहाल

२१ आश्विन २०७४, शनिबार ०७:२२

असोज २१, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली काँग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभएको छ । 

उहाँले भन्नुभयो “वाम गठबन्धन, पार्टी एकता फरक विषय हो । सरकार संविधान कार्यान्वयन गराउने लक्ष्यका साथ गठन भएको हो । यसको ध्येय आगामी मंसिरमा प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन गराउनेमा छ । हामी निर्वाचन सफल बनाउन चाहन्छाँै ।” 

सिंहदरबारमा आज आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी एकता इतिहास र राष्ट्रिय दायित्व पूरा गर्नका लागि भएको बताउनुभयो ।  अध्यक्ष प्रचण्डले भन्नुभयो, “हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेका छौँ, यो हाम्रो नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियान हो ।

यसले सरकारलाई कुनै असर गर्दैन, हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौँ । तर, प्रधानमन्त्री र नेपाली काँग्रेसले सरकार छोड्नुपर्छ भने हामी छोड्न तयार छौँ । हाम्रो एकमात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो ।” 

संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष दाहालले एमाले, नयाँ शक्तिसँग एकताको सैद्धान्तिक सहमति भए पनि वैचारिक विषयमा एकरुपता कायम गर्न बाँकी रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “एमाले, नयाँ शक्ति र हामीबीच पार्टी एकताको सैद्धान्तिक सहमति भएको छ । तर, वैचारिक विषयमा बहस गरेर एकरुपता कायम गर्न बाँकी नै छ । एउटा अर्कोमा बिलय भएर एकता हुने होइन, वैचारिक राजनीतिक र संगठनात्मक विषयमा बहस गरेर हामी साझा टुंगोमा पुग्छौँ । अहिले हाम्रा आआफ्नै वैचारिक मान्यता कायम छन् ।” 

बैठकमा केही सांसदले भने सैद्धान्तिक विषयमा एकरुपता कायम नगरीकन एमालेसँग एकता नै गरी हाल्नुपर्नाको कारणबारे अध्यक्ष दाहालसँग प्रश्न गरेका थिए । हतारमा गरिएको एकताले कतै आगामी दिनमा समस्या त खडा गर्ने होइन, माओवादीको पहिचान गुम्ने त होइन भन्दै उनीहरुले प्रश्न गरेका थिए । 

त्यसको जवाफमा अध्यक्ष दाहालले शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने लक्ष्यका साथ एकतामा सहमति भएकाले कुनै पनि दुविधा नराख्न आग्रह गर्नुभयो । 

यस्तै पार्टी एकता, आगामी निर्वाचनको तयारी तथा अन्य सांगठनिक विषयमा छलफल गर्न माओवादी केन्द्रले आजै पोलिटब्यूरोको बैठक बोलाएको छ ।  बैठकमा एमाले, नयाँ शक्तिसँग भएको पार्टी एकताको विषयमा छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । बैठक केही बेरपछि राष्ट्रिय सभागृहमा बस्दै छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, २ दिनमा ४० लाखको कारोबार यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आजको मौसम : पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन्